काँग्रेस ताप्लेजुङको दुबै प्रदेश निर्वाचन क्षेत्रको मतगणना जारी,प्रदेश १ निर्वाचन क्षेत्रमा भट्टराई अगाडि,प्रदेश २ निर्वाचन क्षेत्रमा तीव्र प्रतिश्पर्धा

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १४ । नेपाली काँग्रेस ताप्लेजुङका दुई प्रदेश निर्वाचन क्षेत्रमा जारी मतगणनामा प्रदेश १ निर्वाचन क्षेत्रमा प्रतिश्पर्धी लक्ष्मीप्रसाद भट्टराईले ५२ मतको अग्रता लिनु भएको छ । यो करिव २ सय मत गणना हुँदाको स्थिति हो । भट्टराई संस्थापन इतर पक्षका हुनुुहुन्छ । प्रतिश्प्रर्धी संस्थापन पक्षका बमप्रसाद गौतम भन्दा उहाँ अघि देखिनु भएको छ । यस्तै उसभापतिमा पनि भट्टराइ समूहकै गणेश खिम्दिङ अघि देखिनु भएको छ । खिम्दिङ बाहेक उपसभापति एक सहित अन्य पदहरुको गणना जारी रहेपनि प्रतिप्रश्र्धा तीव्र देखिएको छ । उता प्रदेश २ निर्वाचन क्षेत्रमा १ सय २५ मत गणना हुँदा उदयकुमार आङ्बुहाङ प्रतिश्पर्धी खगेनसिंह हाङ्गाम भन्दा १ मतले अघि देखिनु भएको छ । आङ्बुहाङको ६२ र हाङ्गामको ६१ मत रहेको छ । उहाँहरु बीच कहिले अघि र कहिले पछि पर्ने क्रम चलिरहेको छ । हाङगाम संस्थापन पक्षका र आङ्बुहाङ संस्थापन इतर पक्षका हुनुहुन्छ ।मतगणना जारी रहेको छ । निर्वाचन क्षेत्र नं १ मा ५ सय ९९ मतदाता रहेकोमा ५ सय ६३ मत खसेको छ भने निर्वाचन क्षेत्र नं १(ख)मा ४ सय ८२ मतदाता रहेकोमा ४ सय ७५ मत खसेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts