काँग्रेस ताप्लेजुङको दुबै प्रदेश निर्वाचन क्षेत्रको मतगणना सुरु

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज १४ । नेपाली काँग्रेस ताप्लेजुङका दुई प्रदेश निर्वाचन क्षेत्रमा मतदान सम्पन्न भएर मतगणना सुरु भएको छ । दुबै निर्वाचन क्षेत्रको मतगणना सुरु भएको निर्वाचन अधिकृत तिलक पाण्डेले जानकारी दिनुभयो । सम्वन्धित निर्वाचन अधिकृतका अनुसार यो समाचार तयार पार्दा सम्म दुबै निर्वाचन क्षेत्रमा करिव ५०–५० मत गणना भएको छ । निर्वाचन क्षेत्र नं १ मा ५ सय ९९ मतदाता रहेकोमा ५ सय ६३ मत खसेको छ भने निर्वाचन क्षेत्र नं १(ख)मा ४ सय ८२ मतदाता रहेकोमा ४ सय ७५ मत खसेको छ । बिहान ८ बजेदेखि सुरु भएको मतदान अपरान्ह ३ बजे सकिएर अहिले मतगणना जारी रहेको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts