सवारी दुर्घटनामा १ सहित ताप्लेजुङमा २ जनाकोे मृत्यु,खोला बगरमा १ जनाको शव फेला

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, असोज ११ । ताप्लेजुङमा सवारी दुर्घटनामा सहित आइतवार ३ जनाको मृत्यु भएको छ । ट्याक्टरको ठक्करबाट सिरिजंगा गाउँपालिका वडा नं ४ तेल्लोकका ४५ बर्षिय इन्द्र भट्टराईको ज्यान गएको हो । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक राकेश यादवका अनुसार पूर्वबाट पश्चितर्फ आउँदै गरेको मे १ त ६३९९० नम्बरको ट्याक्टरले पैदलयात्री भट्टराईलाइ ठक्कर दिदाँ उनको घटना स्थलमै मृत्यु भएको थियो । यता आफ्नै घरको बार्दलीबाट लडेर सिरिजंगा गाउँपालिका वडा नं २ आम्बेगुदिन हप्पुखोलाका २४ बर्षिय चन्द्र परा लिम्बूको मृत्यु भएको हो । घरबाट पिसाव फेर्न निस्कने क्रममा बार्दलीबाट लडेका उनको तत्कालै मृत्यु भएको प्रहरीले बताएको छ । यस्तै मेरिङ्देन गाउँपालिका वडा नं १ महबुङस्थित मैवाखोलाको बगरमा मेरिङ्देन गाउँपालिका वडा नं २ सान्थाक्राका ५१ बर्षिय टेकबहादुर लिम्बूको शव फेला परेको छ । खोला बगरमा बेवारिसे शव भेटिएको खबर अस्थायी प्रहरी चौकी ढुङ्गेसाँघुलाइ आउनासाथ इलाका प्रहरी कार्यालय दोभान र अस्थायी प्रहरी चौकी ढुङ्गेसाँघुबाट गएको प्रहरी टोलीले शव सनाखत गरी पोष्टमार्टम पश्चात आफन्तलाइ बुझाएको समेत जिल्ला प्रहरी कार्यालयले जनाएको छ । प्रहरीले घटनाका बारेमा अनुसन्धान जारी रहेको समेत जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts