ताप्लेजुङका ९ मध्ये ७ स्थानीय तहमा काँग्रेसले छान्यो नयाँ नेतृत्व,फुङलिङ र सिदिङ्वाको बाँकी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, असोज १० । नेपाली काँग्रेसले ताप्लेजुङका ९ स्थानीय तहमध्ये ७ स्थानीय तहको पालिका अधिबेशन संगै नेतृत्व चयन गरेको छ । शनिवारबाट सुरु भएको फुङ्लिङ नगरपालिका र सिदिङ्वा गाउँपालिकाको अधिबेशन प्रकृया सकिएको छैन भने नेतृत्व चयन हुन समेत बाँकी रहेको छ । नेपाली काँग्रेसको निर्वाचन गराउन ताप्लेजुङका लागि निर्वाचन अधिकृत तोकिएका तिलक पाण्डेले नेतृत्व चयन हुन बाँकी फुङ्लिङ र सिदिङवामा समेत आइतवार नेतृत्व चयन सहितका सबै प्रकृया पूरा हुने बताउनुभयो । नेतृत्व चयन भएका ७ मध्ये ४ स्थानीय तहमा सहमतिका आधारमा नेतृत्व चयन भएको काँग्रेसले जनाएको छ । आठराइ त्रिबेणी गाउँपालिकामा गाउँपालिका अध्यक्ष समेत रहेका विश्वनाथ सिटौला सभापति रहेको समिति बनेको छ । यस्तै फक्ताङ्लुङ गाउँपालिकामा भद्रकुमार बोखिम सभापतिमा चयन हुनु भएको छ भने मैवाखोला गाउँपालिमामा खगेन्द्र थत्लुङ लिम्बूको नेतृत्वमा पालिका समिति चयन भएको छ । दुई आकाँक्षी क्रमशःदेवी कार्की र गणेश खिम्दिङबीच कुरा नमिले पछि पाथीभरा याङ्वरक गाउँपालिमा भने काँग्रेसले राम थेबेलाइ सभापति चयन गर्दै नेतृत्व सर्वसम्मत बनाएको छ । सिरिजंगा गाउँपालिमामा पालिकाका प्रवक्ता समेत रहनु भएका वडा नं २ आम्बेगुदिनका वडाध्यक्ष लालकृष्ण चौहान नेपाली काँग्रेसको गाउँ सभापति बन्नु भएको छ । उपसभापति, सचिव सहितका अधिकाँस पदमा द्धिपक्षिय भीडन्त भएको त्यहाँ चौहानले भुवानी(भीम) दाहाललाइ निर्वाचनमा पराजित गर्नु भएको थियो । यस्तै मिक्वाखोला गाउँपालिकामा पञ्च थलङ सभापति बन्नु भएको छ । भक्तबहादुर कार्कीलाइ पराजित गर्दै थलङ सभापति बन्नु भएको हो । यस्तै मेरिङ्देन गाउँपालिकामा जयबहादुर खड्का सभापतिमा निर्वाचित हुनु भएको छ । मेरिङ्देन गाउँपालिका वडा नं ५ थुकिमाका वडाध्यक्ष समेत रहनु भएका खड्का फुर्वा शेर्पालाइ पराजित गर्दै सभापति चयन हुनु भएको हो । ताप्लेजुङको एक मात्र नगरपालिका फुङ्लिङमा शनिवार काँग्रेसले नेतृत्व चयन गर्न सकेन । सभापति बाहेकका सबै पदमा सहमति जुटाएको काँग्रेसले दावी गरेपनि नगर सभापतिका लागि सुरेश सिंघक र युवराज बराल बीच सहमति जुटेको छैन । आइतवार फेरी सिंघक र बराल बीच सहमतिको अन्तिम प्रयास गर्ने र नभए निर्वाचनमार्फत नेतृत्वको चयन हुने निर्वाचन अधिकृत पाण्डेले बताउनुभयो । एक वडामा वडाध्यक्ष सहित ५ जनप्रतिनिधि चुनिने ठाउँमा नेकपा एमालेले वडाध्यक्ष सहित ४ जनप्रतिनिधि जित्दा सिंघक फुनपा वडा नं ५ मा नेपाली काँग्रेसबाट निर्वाचित वडा सदस्य हुनुहुन्छ । वडा नं ३ मा ५ मध्ये ४ वडा सदस्य नेकपा एमालेले जित्दा बरालले आफ्नै दाजु एमाले प्रतिश्पर्धी राम बराललाइ पराजित गरेर वडाध्यक्ष जित्नु भएको थियो । सिदिङ्वा गाउँपालिमामा प्रदीप राइ र देउबहादुर ताम्लिङ बीच प्रतिश्पर्धा छ । दुबैले सभापतिको दावी नछाडेको र अन्य पदमा समेत द्धिपक्षिय उम्मेदवारी परेकोले त्यहाँ सहमतिबाट नेतृत्व चयन हुने अवस्था कम रहेको बताइन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts