| | |

दोभान बजारका अग्निपीडितलाई आर्थिक सहयोग

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, असोज ७ ।
ताप्लेजुङको दोभान बजारका अग्नि पीडितलाई किराँत याक्थुङ चुम्लुङ इजरायल शाखाले आर्थिक सहयोग उलबध गराएको छ । कियाचु इजरायल शाखाले संकलन गरेर पठाएको सहयोग रकम अग्निपीडितलाई उपलब्ध गराइएको हो ।
किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङकी सचिव इन्दिरा मेन्याङ्बोका अनुसार इजरायल शाखाले संकलन गरी पठाएको एक लाख ८३ हजार रुपियाँ नगद बुधबार पीडित परिवारलाई वितरण गरिएको हो । सहयोग रकम संकलनका लागि किराँत याक्थुङ चुम्लुङ ताप्लेजुङले समन्वय गरेको पनि सचिव मेन्याङ्बोले बताउनुभयो । सहयोग रकम मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेशबहादुर चोङ्बाङ, किराँत याक्थुङ चुम्लुङका केन्द्र तथा जिल्लाका पदाधिकारी लगायतको उपस्थितिमा अग्नि पीडित ५६ परिवारलाई तीन हजार २०० रुपियाँका दरले वितरण गरिएको मेन्याङ्बोले जानकारी दिनुभयो ।
जिल्ला सदरमुकाम फुङ्लिङपछिको दोस्रो ठूलो व्यापारिक केन्द्र मेरिङ्देन गाउँपालिका–३ खाम्लुङको दोभान बजारमा गत फागुन १८ गते आगलागी भएको थियो । सो आगलागीमा ५१ घर जलेर नष्ट भएको थियो भने ४० करोड रुपियाँ बढी क्षति भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts