कृषि कर्जा ब्याज अनुदान लिन ताप्लेजुङबाट ८ जना छानिए

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ५ । प्रदेश १ सरकारले ताप्लेजुङ सहित प्रदेशभरीका १४ जिल्लाबाटै प्रदेश प्रमुख नव प्रर्वतन कार्यक्रमका लागि आबेदन दिएका भित्रबाट संक्षिप्त सूची प्रकाशन गरेको छ । बिदेशबाट फर्र्किएका युवालाइ स्वदेशमै रोजगार बनाउने प्रयास स्वरुप कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराउन प्रदेश सरकारले स्थानीय तहमार्फत फारम भरी छनौट भएकाहरुको संक्षिप्त सूची प्रकाशन गरेको हो । जस अनुसार ताप्लेजुङबाट तालिम लिने ३ र नलिने ५ गरी ८ जना छानिएका छन् । संखुवासभाबाट तालिम दिने ९ र नलिने १६ गरी २५,सोलुखुम्बुबाट तालिम लिने १० र नलिने ६ गरी १६,पाँचथरबाट तालिम लिने १६ र नलिने १७ गरी ३३,इलामबाट तालिम लिने १५ र नलिने ११ गरी २६,तेह्रथुमबाट तालिम लिने ११ र नलिने २१ गरी ३२ र धनकुटाबाट तालिम लिने १ सय ९२ र नलिने ७४ गरी २ सय ६६ जनाको सूची प्रकाशन गरिएको छ । यस्तै तालिम लिने १२ र नलिने २१ गरी भोजपुरबाट ३३,तालिम लिने १० र नलिने ६ गरी खोटाङबाट १६,ओखलढुङ्गाबाट तालिम नलिएका २,उदयपुरबाट तालिम लिने ८ र नलिने ७९ गरी ८७,झापाबाट तालिम लिने ३० र नलिने ३२ गरी ६२,मोरङबाट तालिम लिने ६५ र नलिने ८४ गरी १ सय ४९ र सुनसरीबाट तालिम लिने ५ र नलिने १३ गरी १८ जना छनौट गरी संक्षित सूची प्रकाशन गरेको प्रदेश १ को भूमी व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयले जनाएको छ । मन्त्रालयले बाख्रा,गाइ,राँगा–भैंसी,कुखुरा,हाँस,बंगुर र माछा पालन,डेरी उद्योग,च्याउखेती,मिश्रित फलफुल खेती,तरकारी खेती,कागती खेती,कृषि मार्ट,बट्टाइ फर्म लगायतमा कृषि कर्जामा ब्याज अनुदान उपलब्ध गराउने बताएको छ । आबेदन दिएका तर सूचीमा छुट हुन गएका आबेदक÷कृषकहरुले १० असोज भित्र कार्यालय समय भित्र टेलिफोन नम्बर ०२१–४७०१४२ वा निरोज दाहाल मोवाइल नम्बर ९८१६३७२६३२ मा सम्पर्क गर्न सकिने समेत मन्त्रालयले भनेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts