|

ताप्लेजुङका ११ सहित प्रतिबेदन नबुझाउने प्रदेश १ का सहकारी संस्थाको नाम सार्वजनिक

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असोज ४ । प्रदेश १ को सहकारी रजिष्ट्रर कार्यालयले आर्थिक बर्ष २०७६।०७७ को लेखा परीक्षण सहितको बार्षिक प्रतिबेदन नबुझाएका सहकारी संस्थाको नाम सार्वजनिक गरेको छ । नियमन क्षेत्राधिकारमा रहेका मध्ये करिव ४८ प्रतिशतले अझै आव २०७६।०७७ कै लेखा परीक्षण सहितको बार्षिक प्रतिबेदन नबुझाएको सहकारी रजिष्ट्रर कार्यालयले बताएको छ । प्रदेश सहकारी रजिष्ट्रार बलराम निरौलाका अनुसार कार्यालयको नियमन् क्षेत्राधिकारमा १ हजार ४४ वटा सहकारी संस्था रहेका छन् । ति मध्ये ५ सय ४३ वटाले मात्र आव २०७६।०७७ को लेखा परीक्षण सहितको बार्षिक प्रतिबेदन बुझाएका छन् । पटक–पटक तागेता गर्दा पनि सहकारी संस्थाले लेखा परीक्षण सहितको बार्षिक प्रतिबेदन बुझाउन आनकानी गरेपछि कार्यालयले सहकारी संस्थाको नामनामेसी सहितको बिबरण सार्वजनिक गरेको निरौलाले जानकारी दिनुभयो । उहाँका अनुसार नियमन क्षेत्रमा रहेका ताप्लेजुङका २२ सहकारी संस्था मध्ये ११ वटाले मात्र लेखा परीक्षण सहितको बार्षिक प्रतिबेदन बुझाएका छन् भने ११ वटाको बाँकी छ ।

यस्तै पाँचथरका ४४ मध्ये २५,इलामका ६७ मध्ये ४३,झापाका ३ सय ३९ मध्ये १ सय ७१,संखुवासभामा २२ मध्ये १२,भोजपुरका २२ मध्ये १९ र तेह्रथुमका ३४ मध्ये २७ वटा सहकारी संस्थाले आव २०७६।०७७ को लेखा परीक्षण सहितको बार्षिक प्रतिबेदन बुझाएका छैनन् । यस्तै धनकुटामा २९ मध्ये १६,सुनसरीका १ सय २७ मध्ये ३९,मोरङका २ सय ४९ मध्ये ७६,सोलुखुम्बुका १४ मध्ये १२,ओखलढुङ्गाका २४ मध्ये १७,खोटाङका १९ मध्ये १५ र उदयपुरका ३२ मध्ये १८ सहकारी संस्थाले पनि आव २०७६।०७७ को लेखा परीक्षण सहितको बार्षिक प्रतिबेदन बुझाउन बाँकी रहेको प्रदेश सहकारी रजिष्ट्रर कार्यालय इटहरीले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts