| | |

५ महिना देखि बन्द पाथीभराको दर्शन असोज १ गतेबाट खुल्ला

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ ३० । पूर्वकै पवित्र शक्तिपीठ ताप्लेजुङमा अवस्थित पाथीभरा मन्दिर असोज १ गतेबाट दर्शनका लागि खुल्ला गरिने भएको छ । पाथीभरा क्षेत्र विकास समितिले बुधवार प्रेश बिज्ञप्ती जारी गर्दै असोज १ गतेबाट जनस्वास्थ्यका मापदण्डको पूर्ण पालना गर्ने शर्तमा आम भक्तजनका लागि मन्दिरमा दर्शन,पूजा,ध्यान तथा प्रार्थना गर्न खुल्ला गरिएको जनाएको छ । पाथीभरा क्षेत्र विकास समितिका कार्यकारी निर्देशक मनमणि काफ्लेले अनुसार कोभिड–१९ को प्रभाव केहि न्यून देखिएको तथा पाथीभरा दर्शनको सिजन समेत सुरु भएको अवस्थालाइ ध्यानमा राखी मन्दिरमा दर्शन,पूजा,ध्यान तथा प्रार्थना गर्न खुल्ला गरिएको जानकारी दिनुभयो ।

काफ्लेले कोभिड–१९ को प्रभाव केहि कम भएपनि जोखिम कायमै रहेको र संक्रमण पूर्ण रुपमिा नियन्त्रणमा आउन नसकेको भन्दै नेपाल सरकारकाद्धारा लागु गरिएका स्वास्थ्य सुरक्षाका सबै उपायहरुको पालनामा भने तिर्थालुले ध्यान दिनैपर्ने बताउनुभयो । कोभिड–१९ संक्रमणको दोस्रो भेरिएन्ट संगै गत ५ महिना देखि पाथीभरा मन्दिरमा सार्वजनिक रुपले दर्शन,पूजा,ध्यान तथा प्रार्थनाको कार्य गर्न बन्देज गरिएको थियो । तिर्थालु तथा भक्तजनले भौतिक दुरी कायम गर्ने,मास्क,स्यानीटाइजर सहितको अनिवार्य प्रयोग गर्ने सहितका जनस्वास्थ्यका उपाय अपनाएर असोज १ गतेबाट मन्दिरमा दर्शन,पूजा,ध्यान तथा प्रार्थना गर्न पाउने भएका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts