|

आफुलाइ जानकारी नै नभइ मोवाइल बैंकिङ सेवाबाट पैसा निकालिएको भन्दै ताप्लेजुङ प्रहरी र बैंकमा निबेदन,ह्याक भएको हुनसक्ने आशंका

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २९ । ताप्लेजुङको फक्ताङ्लुङ गाउँपालिका वडा नं ३ लिङ्खिमकी मञ्जिता मावो लिम्बूले आफुलाइ जानकारी नै नभइ मोवाइल बैंकिङ सेवाबाट आफ्नो खाताको रकम निकालिएको भन्दै खोजीका लागि प्रभु बैंकको फुङ्लिङ शाखा र जिल्ला प्रहरी कार्यालयमा निबेदन दिनु भएको छ । आफुले प्रभु बैंकको फुङ्लिङ शाखामा खोलेको खातामा पतिले बिदेशबाट रकम पठाउने गरेको तर मोवाइल बैंकिङ सेवा लिएपनि रकम भने चेकमार्फत नै झिक्ने गरेपनि पछिल्लो पटक पैसा झिक्न आउँदा खातामा रकम नभएको पाएपछि हराएको रकम खोजीदिन प्रहरी र बैंक समक्ष अनुरोध गरेको उहाँले बताउनु भएको छ । मञ्जिताले खाताबाट यसअघि २ पटक चेकमार्फत पैसा झिक्नु भएको छ । मोवाइल बैंकिङ सेवा लिएपनि आफुलाइ सो सेवा सञ्चालन गर्न नआउने उहाँको जिकिर छ । तर उहाँको ९८४६९२५४२८ नम्बरको मोवाइलबाट मोवाइल बैंकिङ सेवा प्रयोग गरी पटक पटक गरेर उहाँको खाताबाट १ लाख ६३ हजार ९ सय ३० रुपंैंया अन्यत्र ट्रान्सफर भएको छ । मञ्जिताका अनुसार बिदेशमा रहनु भएका पतिले २०७८ साल १७ भदौ मा १ सय ६३ हजार ९ सय ३० रुपैंया पठाइदिनु भएको थियो । सो रकम झिक्न उहाँ भदौ १९ मा बैंकमा आउँदा उहाँको खाता निल थियो ।‘उहाँको मोवाइल बैंकिङ सेवाबाट बिभिन्न बैंकहरुमा रकम ट्रान्सफर भएको अभिलेख देखिन्छ’प्रभु बैंकका फुङलिङ शाखा प्रवन्धक खगेन्द्र न्यौपानेले भन्नुभयो‘तर उहाँले आफुले मोवाइल बैंकिङ सेवा चलाउँदै नचलाएको र चलाउन नै जान्दिन भन्नु भएकोले प्राप्त निबेदनका आधारमा हामीले ग्राहकको रकम कसरी ट्रान्सफर भयो भनेर खोजीरहेका छौं’ । उहाँले यसमा बैंकको कुनै दोष नभएको बताउनुभयो । प्रभु बैंकका अनुसार सो रकममध्ये एकपटक ५० हजार,अर्कोपटक १३ हजार ५ सय गरी नेपाल ६३ हजार ५ सय रुपैंया नेपाल बैंक लिमिटेडको गुल्मी शाखाका खातावाल तेजबहादुर थापाको खातामा ट्रान्सफर भएको देखिन्छ । बाँकी १ लाख भने दुई पटक ५०–५० हजार रुपैंया गरी दाङ बस्ने सपना केसीको गरिमा विकास बैंकको खातामा ट्रान्सफर भएको देखिन्छ । एक बैंकबाट अर्को बैंकमा रकम पाउँदा लाग्ने शुल्क समेत मञ्जिताको खाताबाट कट्टा भएको बैंकको अभिलेखमा देखिन्छ । अन्तिममा यो रकम फेरी कामना सेवा विकास बैंकको एमटीएम प्रयोग गरेर निकालिएको अवस्थाको जानकारी आफुलाइ आएको र खोजी कार्य जारी रहेको समेत प्रभु बैंकका शाखा प्रवन्धक न्यौपानेले बताउनुभयो । मोवाइल बैंकिङ सेवाको सबै जानकारी जस्तै पासवर्ड,ओटिबी र पिन नम्बर ग्राहक आफैंसंग सुरक्षित रहने भएकोले‘फेस टु फेस’कारोवार बाहेक बैंकले अरु जवाफदेहिता बहन गर्न नसक्ने न्यौपानेले बताउनुभयो ।‘अहिले बैंकिङ प्रोशेसमा ह्याकिङ पद्धतिका घटनाहरु पनि हुने गरेका छन्’न्यौपानेले भन्नुभयो‘हामी घटनाको वास्तविकता बारे बुझी रहेका छौं र ग्राहकलाइ सघाइरहेका पनि’ । उहाँले ह्याक भएको हो या होइन भन्ने बारेको अनुसन्धान समेत जारी रहेको जानकारी दिनुभयो । आफुहरुले सेवाग्राही÷ग्राहकको अनुरोधमा प्राप्त भएका सबै बिबरण जिल्ला प्रहरी कार्यालयलाइ समेत दिइसकेको न्यौपानेले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts