ताप्लेजुङमा ३१ हजार २५७ जनाले लगाए कोरोना बिरुद्धको पूर्ण खोप

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ २८ । ताप्लेजुङमा ३१ हजार २ सय ५७ जनाले कोरोना बिरुद्धको पूर्ण खोप लगाएका छन् । सबैभन्दा बढी १४ हजार ५ सय ८९ जनाले भेरोसिल खोपको दुबै मात्रा लगाएका छन् । १५ हजार ३ सय ६८ जनाले भेरोसिलको पहिलो खोप लगाएकामा अब ७ सय ७९ जनाले भेरोसिलको खोप लगाउन बाँकी रहेको पाइएको छ । यस्तै १४ हजार १ सय ९१ जनाले कोभिडशिल्डको पहिलो खोप लगाएकामा २ हजार १ सय ५९ जनाले दोस्रो खोप र कोभिडशिल्डको पहिलो खोप लगाएकालाइ नै मिल्ने गरी प्राप्त भएको एक्सट्राजेनेकाको खोप ८ हजार ७ सय ५९ जनाले लगाएको जिल्ला प्रशासन कार्यालयले जनाएको छ । अब कोभिडशिल्डको पहिलो खोप लगाएकाहरु मध्ये अब ३ हजार २ सय ७३ जनाले कोभिडशिल्ड वा एक्सट्राजेनेकाको खोपको दोस्रो मात्रा लिन बाँकी देखिएको छ । सहायक प्रमुख जिल्ला अधिकारी गायत्रा अधिकारी खड्काका अनुसार ५ हजार ७ सय ५० जनाले एक(डोज)मात्रा मात्र लगाए पुग्ने जोन्सन एण्ड जोन्सनको खोप लगाएका छन् । यो सहित कोरोना बिरुद्धको पूर्ण खोप लगाउनेको संख्या ३१ हजार २ सय ५७ पुगेको हो । कोरोना बिरुद्धको पहिलो मात्रा मात्र लगाउनेको संख्या ४ हजार ७ सय ८४ रहेको छ । यो मध्ये ७ सय ३२ जनाले एक्सट्राजेनेका,७ सय ७९ जनाले भेरोसिल र ३ हजार २ सय ७३ जनाले कोभिडशिल्डको दोस्रो मात्रा लिन बाँकी रहेको छ । कोभिडशिल्डको पहिलो मात्रा लगाएकालाइ अहिले दोस्रो मात्रा स्वरुप एक्सट्राजेनेकाको खोप दिईदैंछ ।
९५ प्रतिशत संक्रमणमुक्त
ताप्लेजुङमा ९५ प्रतिशत कोरोना संक्रमित संक्रमणमुक्त भएको पाइएको छ । जिल्ला प्रशासन कार्यालयका खरिदार बिजय गोठाले गौतमका अनुसार कोरोनाको दोस्रो भेरिएन्ट सुरु भएयता २ हजार ४ सय ८१ जनामा संक्रमण देखिएकोमा २ हजार ३ सय ३७ जना संक्रमणमुक्त भएका छन् । अहिले जिल्लाभरमा १ सय २८ जना सक्रिय कोरोना संक्रमित रहेको उनले जानकारी दिए । यो हिसावले सक्रिय संक्रमित करिव ५ प्रतिशत मात्र रहेको देखिन्छ ।
बढी संक्रमित पाथीभरा याङ्वरकमा
ताप्लेजुङमा सबैभन्दा बढी कोरोना संक्रमित पाथीभरा याङवरक गाउँपालिकामा रहेको देखिएको छ । त्यहाँ अहिले ६८ जना संक्रमित छन् । त्यसपछि ताप्लेजुङ जिल्ला अस्पतालमा परीक्षण गराएका सहित फुङ्लिङ नगरपालिकामा ४९ जना संक्रमित रहेका छन् । आठराइ त्रिबेणी,मैवाखोला र मेरिङ्देन गाउँपालिका संक्रमणमुक्त भएका छन् भने मिक्वाखोला गाउँपालिका र सिदिङ्वामा ३–३,फक्ताङ्लुङ गाउँपालिकामा १ र सिरिजंगामा ४ जना सक्रिय संक्रमित रहेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts