|

ताप्लेजुङमा पनि एमसिसी बिरुद्ध लाग्यो नारा, गो ब्याक अमेरिका भन्दै युवाहरु सडकमा

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ २६ । अमेरिकाको मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसिसी)बिरुद्ध हिमाली जिल्ला ताप्लेजुङमा पनि नारा लागेको छ । नेपाली राष्ट्रिय झण्डा सहित स्फुर्त रुपमा निस्किएका युवाहरुले शनिवार ताप्लेजुङ सदरमुकाम फुुङ्लिङमा प्रदर्शन गरेका छन् ।‘एमसिसी चाहिदैंन,राष्ट्रघाती काम गर्न पाइदैंन,गो ब्याक अमेरिका–गो ब्याक’नारा लगाउँदै नगरपरिक्रमा गरेका युवाहरुले बीरेन्द्रचौकमा पुगेर ¥याली टुङ्ग्याएका थिए । ¥यालीमा सहभागी मध्येका पासाङ शेर्पाले देश हित बिपरितको परियोजना स्वीकार गरेर राष्ट्रघाती काम गर्न नहुने बताउनुभयो । अर्का सहभागी इन्द्र सेञ्चुरीले शान्त नेपाललाइ पराधिन बनाउने प्रयत्न कदापी स्वीकार गर्न नसकिने भन्दै यस बिरुद्ध ताप्लेजुङको युवा पंक्तिले बिरोध गरेको बताउनुभयो । ¥यालीमा सहभागीले एमसिसी राष्ट्रहित बिपरित भएकोले यो परियोजनाको नेपाल र नेपाली सबैले बिरोध गर्नुपर्ने बताएका छन् । एमसिसीले अफ्रिका,ल्याटिन अमेरिका र एशिया महादेशमा गरी २४ देशमा सहकार्य गरिरहेको छ । त्यसमा १७ देशमा कार्यान्वयनमा रहेका कम्प्याक्ट र थ्रेसहोल्डमा छन् भने १० वटा विकासक्रममा छन् । सन् २०१७ मा नेपालले आफ्नो आवश्यकताका ३ सय १८ किमी लम्बाइको ४ सय केभीको प्रसारण लाइन, ३ सय किमी लम्बाइको राजमार्गमा स्तरोन्नति गर्नेलगायतका परियोजनामा सहमत भएर एमसिसीअन्तर्गत ५० करोड डलर अर्थात् रु ५६ अर्ब अनुदान सहायता सम्झौतामा तत्कालीन अर्थमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले हस्ताक्षर गर्नु भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts