| |

अनेरास्ववियु(क्रान्तिकारी)ताप्लेजुङको अध्यक्षमा तिवारी

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ २५ । अनेरास्ववियु (क्रान्तिकारी) ताप्लेजुङको ११ औँ जिल्ला सम्मेलनले झरेन्द्र तिवारी अध्यक्ष रहेको ५१ सदस्यीय कमिटी निर्विरोध चयन गरेको छ । कमिटीको उपाध्यक्षद्वयमा टीका यक्सो र अविरसिंह यक्सो,सचिवमा अनिता पन्दाक लिम्बू,सह–सचिवद्वयमा तेञ्जित कार्की र कुमार भट्टराई तथा कोषाध्यक्षमा तारा श्रेष्ठ चयन हुनु भएको छ । निर्वाचित पदाधिकारी तथा सदस्यलाई केन्द्रीय उपाध्यक्ष दीपक देवकोटाले शपथ ग्रहण गराउनु भएको छ । नवनिर्वाचित अध्यक्ष तिवारीले मुलुकको शैक्षिक क्षेत्रमा आमुल परिवर्तनका लागि बिद्यार्थी संगठनको जिल्ला नेतृत्वको पदीय हैसियतमा काम गर्ने प्रतिबद्धता जनाउनुभयो ।

केन्द्रीय उपाध्यक्ष देवकोटाको प्रमुख आथित्यतामा भएको कार्यक्रमा नेकपा माओवादी केन्द्र ताप्लेजुङका इन्चार्ज खेलप्रसाद बुडाक्षेत्री(पराग),संयोजक विजयप्रकाश वनेम,अनेरास्ववियू (क्रान्तिकारी)का केन्द्रीय कमिटी सचिव राजकुमार यक्सो, केन्द्रीय सचिव तथा १ नं. प्रदेश कमिटी संयोजक मदन भट्टराई, केन्द्रीय सचिवालय सदस्य तथा १ नं. प्रदेश कमिटीका सह–संयोजक प्रजिन हाङवाङ,केन्द्रीय सदस्य तथा ताप्लेजुङ इन्चार्ज चन्द्र माङमु लगायत उपस्थिति नवनिर्वाचित तिवारीले जानकारी दिनुभउयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts