|

भदौ २६ सम्म चालू आवको बजेट निकासा नगर्न मलेनिकाको परिपत्र

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,भदौ २४ । महालेखा नियन्त्रक कार्यालयले भदौ २६ सम्म आर्थिक बर्ष २०७८।०७९ को बजेट निकासा नगर्न देशभरका कोष तथा लेखा नियन्त्रक कार्यालयहरुलाइ निर्देशन दिएको छ । महालेखा नियन्त्रक कार्यालयका लेखा अधिकृत डिल्ली अधिकारीले भदौ २६ सम्म तलव,भत्ता र निवृतिभरण बाहेकको कुनै पनि बजेट निकासा नगर्न÷नगराउन परिपत्र गर्नु भएको छ । देशभरका कोलेनिका,प्रदेश लेखा नियन्त्रक कार्यालय र प्रदेश लेखा ईकाई कार्यालयलाइ गरिएको परिपत्रमा यस अवधिमा निकासा भइ बजेटमा आएको परिवर्तनबाट खर्च गर्न नमिल्ने भएमा सम्वन्धित निकासा माग गर्ने र निकासा गर्ने अधिकारी नै जिम्मेवार हुने महालेखा नियन्त्रक कार्यालयले प्रष्ट पारेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts