|

ताप्लेजुङको आठराइ त्रिबेणीलाइ साक्षर गाउँपालिका घोषणा गरियो

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २४ । ताप्लेजुङको आठराइ त्रिबेणी गाउँपालिकालाइ साक्षर पालिका घोषणा गरिएको छ । राष्ट्रिय शिक्षा दिवस तथा अन्तराष्ट्रिय साक्षरता दिवसको अवसर पारेर आठराइ त्रिबेणी गाउँपालिकालाइ साक्षर पालिका घोषणा गरिएको गाउँपालिकाका शिक्षा अधिकृत सीतादेवी लावतीले जानकारी दिनुभयो । २०६८ को जनगणना अनुसार आठराइ त्रिबेणी गाउँपालिकामा ७ हजार ३ सय ७० महिला र ६ हजार ४ सय १४ पुरुष गरी १३ हजार ७ सय ८४ जनसंख्या रहेको छ । साक्षर नेपाल अवधारणा पत्र अनुसार आठराइ त्रिबेणीलाइ साक्षर पालिका घोषणा गर्न १५ देखि ६० बर्ष उमेर समूहका सबै नेपाली नागरिकहरुको तथ्याङ्क संकलजन गरिएकोमा जम्मा साक्षरता प्रतिशत ९५.९० रहेको अवस्थामा पालिकालाइ साक्षर पालिका घोषणा गरिएको गाउँपालिका अध्यक्ष बिश्वनाथ सिटौलाले जानकारी दिनुभयो । पालिकालाइ साक्षर घोषणा गर्न न्यूनतम् ९५ प्रतिशत साक्षर भए पुग्ने मापदण्ड रहेको छ । नेपाल सरकारको साक्षर नेपाल बर्ष २०७६ को अवधारणा अनुसार नेपालका ७ प्रदेश,७७ जिल्ला र ७ सय ५३ वटै स्थानीय तहलाइ साक्षर घोषणा गर्नुपर्ने छ । पालिका क्षेत्रका १५ देखि ६० बर्ष उमेर समूहका साक्षर एवम् निरक्षर जनसंख्याको तथ्याङ्क संकलन गरी साक्षर नेपाल बर्ष २०७६ को अवधारणा पूरा भएपछि आठराइ त्रिबेणी गाउँपालिकालाइ साक्षर पालिका घोषणा गरिएको गाउँपालिकाले जनाएको छ । पालिका भरीमा जम्मा २ हजार २ सय घरधुरी रहेका छन् । कूल जनसंख्यामध्ये १५ देखि ५९ बर्ष उमेर समूहका ३ सय २६ जना निरक्षर रहेको पालिकाले जनाएको छ । पालिका भित्र १५ देखि ५९ बर्ष उमेर समूहका ७ हजार ९ सय ५८ जनसंख्या रहेकोमा यो समूहका ७ हजार ६ सय ३२ जना साक्षर देखिएको शिक्षा अधिकृत लावतीले बताउनुभयो । उहाँका अनुसार आठराइ त्रिबेणी गाउँपालिका अन्र्तगतका ५ वटै वडाहरुमा माध्यमिक तहका बिद्यालय रहेका छन् । पालिका भित्र ३३ वटा सामुदायिक र ३ वटा संस्थागत गरी ३६ वटा बिद्यालय र २ वटा सामुदायिक सिकाइ केन्द्र रहेका छन् । पालिकाले २०७८ साउन १३ देखि साउन मसान्त सम्म गरेको घरधुरी सर्बेक्षणका क्रममा वडा नं १ मा १५ देखि ५९ बर्ष उमेर समूहका ४८ जना निरक्षर रहेको र साक्षर प्रतिशत ९६.७७ प्रतिशत रहेको तथ्याङ्क संकलन गरेको थियो । वडा नं २ मा १५ देखि ५९ बर्ष उमेर समूहका ६८ जना निरक्षर र साक्षरता प्रतिशत ९६.१३,वडा नं ३ मा १५ देखि ५९ बर्ष उमेर समूहका ४८ जना निरक्षर र साक्षरता प्रतिशत ९७.७३,वडा नं ४ मा १५ देखि ५९ बर्ष उमेर समूहका ९३ जना निरक्षर र साक्षरता प्रतिशत ९३.२२ र वडा नं ५ मा १५ देखि ५९ बर्ष उमेर समूहका ७० जना निरक्षर र साक्षरता प्रतिशत ९४.२५ प्रतिशत पाइएको शिक्षा अधिकृत लावतीले जानकारी दिनुभयो । आठराइ त्रिबेणीमा ९५.९० प्रतिशत साक्षर देखिएपनि यसलाइ शत प्रतिशत पु¥याउन थप साक्षरता अभिबृद्धिका कार्यक्रम सञ्चालन गरिने शिक्षा अधिकृत लावतीले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts