| |

दुर्लभ सालकको उद्दार गरी जङ्गलमा छोडियो

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, भदौ २१ ।
ताप्लेजुङको आठराई त्रिबेणी गाउँपालिकामा फेला परेको दुर्लभ सालक जङ्गलमा छाडिएको छ । आठराई त्रिबेणी गाउँपालिका वडा नं. ५ चाँगेका वडाध्यक्ष सन्तोष लिम्बूले फेला पार्नुभएको सालकको उद्दार गरी जङ्गलमा छोडिएको हो ।
वडाध्यक्ष लिम्बूले आइतबार फेला पार्नुभएको सालक दुर्लभ संरक्षित वन्यजन्तुमा पर्ने इन्डियन पेङ्गोलिन प्रजातिको सालक भएको दोभान सव डिभिजन वन कार्यालय चाँगेका फरेस्टर ध्वनीरामसिंह कुशवाहाले बताउनुभयो । कुशवाहाका अनुसार खैरो रङ, १८ इन्च लम्बाई भएको उक्त सालकलाई चाँगेस्थित मलेनी टुटेबर सामुदायिक वन क्षेत्रमा छोडिएको छ ।
वडाध्यक्ष सहितका जनप्रतिनिधि, स्थानीय सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, समाजका अगुवा समेतको उपस्थितिमा सालकलाई सकुशल जङ्गलमा छोडेको दोभान सव डिभिजन वन कार्यालयले जनाएको छ । अवैध चोरी शिकारका कारण सालक लगायत दुर्लभ वन्यजन्तु लोप हुने अवस्थामा पुगेकाले त्यस्ता वन्यजन्तुको संरक्षण गर्नुपर्ने विषयसँग सम्बन्धित सचेतनामुलक जानकारी समेत स्थानीय सरोकारवालालाई गराइएको थियो ।
दुर्लभ सालकको शिकार वा अवैध कारोबार गर्नेलाई ४० हजार देखि ७५ हजार रुपियाँसम्म जरिवाना र एक वर्षदेखि १० वर्षसम्म कैद वा दुवै सजाय हुने कानुनी व्यवस्था रहेको छ । तथ्याङ्कअनुसार विश्वभर आठ प्रजातिका सालक पाइने र नेपालमा भने संकटापन्न अवस्थाको कालो सालक, खैरो र लोपोन्मुख तामे सालक पाइने बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts