| |

फुङ्लिङकी छलीमाया प्रदेश भरीकै उत्कृष्ट उद्यमी,निर्धनद्धारा ३० हजार रुपैंया राशीको हरिहरदेव उत्कृष्ट उद्यमी पुरस्कार प्रदान

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ २१ । ताप्लेजुङको फुङ्लिङकी छलीमाया हाङ्वाङ प्रदेश १ कै उत्कृष्ट उद्यमी बन्दै डाक्टर हरिहरदेव पन्त उत्कृष्ट उद्यमी पुरस्कार प्राप्त गर्न सफल हुनु भएको छ । निर्धन उत्थान लघुबित्त बित्तीय संस्था लिमिटेडले ७ प्रदेशका उत्कृष्ट १–१ जनालाइ प्रदान गर्ने ३० हजार रुपैंया राशीको हरिहरदेव पन्त उत्कृष्ट उद्यमी पुरस्कार प्रदेश १ बाट छलीमायालाइ प्रदान गरिएको छ । निर्धन उत्थान लघुबित्त बित्तीय संस्था लिमिटेड ताप्लेजुङले सोमवार आयोजना गरेको कार्यक्रममा फुङलिङ नगरपालिका वडा नं ५ का वडाध्यक्ष भीमादेवी ओझाले छलीमाया र उहाँका श्रीमान् मौलाहाङ साँवालाइ नगद तथा सम्मानपत्र बितरण गर्नु भएको छ । छलीमायाले फुङ्लिङ नगरपालिका वडा नं ४ स्थित बालमन्दिर महिला समूहमा २०७१ सालमा आवद्ध भइ निर्धनबाट ४० हजार रुपैंया कर्जा लिएर प्रेश उद्यम सुरु गर्नु भएको थियो । डाक्टर हरिहरदेव पन्तलाइ नेपालको लघु बित्त क्षेत्रका प्रवद्र्धक पनि भनिन्छ । लघु बित्तमार्फत गरिव र बिपन्न परिवारमा बैंकिङ पहुँच स्थापना र लघु उद्यमका लागि कर्जा प्रवाहको उद्धेश्यले लघु बित्त बित्तीय संस्था सञ्चालनमा छन् । सन् १९८० को दशकमा बंगलादेशबाट सुरु भएको ठानिएको लघु बित्त बित्तीय संस्थाको मोडल नेपालमा भित्र्याउन हरिहरदेव पन्तको योगदान रहेको बताइन्छ । नेपालमा बिक्रम् सम्वत् २०४७ सालतिरबाट लघुबित्त बित्तीय संस्थाहरुले झाँगिने मौका पाएका छन् । २०७२ भदौ २१ मा निधन भएका हरिहरदेव पन्तको स्मृतिमा निर्धनले हरेक बर्ष सोहि दिन देशभरका ७ वटै प्रदेशका उत्कृष्ट उद्यमीलाइ सम्मान गर्दै आएको छ ।

निर्धनले आफ्नो बित्तीय संस्थामार्फत कारोवार गरेका १ जना सदस्य तथा २ हकदारलाइ मृत्यु दावी भुक्तानी बापत क्षतिपूर्ति रकम समेत हस्तान्तरण गरेको छ । निर्धन उत्थान लघुबित्त बित्तीय संस्था लिमिटेडको फुङलिङ शाखाका निमित्त प्रवन्धक खगेन्द्र फुयाँलका अनुसार बित्तीय संस्थाका कारोवारकर्ताको मृत्युु भएका परिवारलाइ कर्जाका आधारमा २ लाख ६० हजार रुपैंया बीमा बापतको क्षतिपूर्ति रकम हस्तान्तरण गरिएको छ । हिलटन सुकेटार क्षेत्रमा रहेको केन्द्रका कारोवारकर्ता फुर्लमु शेर्पाका श्रीमान् लाक्पार्नोबु शेर्पा र केन्द्र अध्यक्ष छिरिङफुटी शेर्पालाइ यो रकम हस्तान्तरण गरिएको निर्धनले जनाएको छ । फुर्लमुले २ लाख रुपैंया कर्जा लिनु भएको थियो । उहाँले २ हजार २ सय ४२ रुपैंया बीमा बापत प्रिमियम बुझाएकोमा आफन्तले २ लाख ६० हजार रुपैंया बीमाबापतको रकम पाएक छन् । फुर्लमुको २०७८ साल जेठ २७ मा निधन भएको थियो । यस्तै निगीजुङ महिला समूहकी धनमाया शिवाका श्रीमान् हर्कबहादुर र लक्ष्मीमाया लिम्बूका श्रीमान् नरध्वोजको मृत्युपछि निर्धनले धनमाया र लक्ष्मीमायालाइ जनही १४–१४ हजार रुपैंया बीमा बापतको रकम भुक्तानी गरेको छ ।

उहाँहरुको बीमाबापत जनही ५०–५० रुपैंया प्रिमियम शुल्क लिइएको थियो । नरध्वोजको २०७७ चैत २९ र हर्कबहादुरको २०७८ जेठ १४ मा मा निधन भएको थियो । निर्धनको फुङलिङ शाखाले रिलायबल नेपाल लाइफ इन्स्योरेन्स कम्पनीसंग बीमा साझोदारीको कार्य गर्दै आइरहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts