ताप्लेजुङमा जिसस उपप्रमुख सहित ९ जनाद्धारा नेकपा एसको पक्षमा सनाखत,अधिकाँस मेरिङ्देन गाउँपालिकाका

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,२० भदौ । ताप्लेजुङमा जिल्ला समन्वय समितिका उपप्रमुख देवीमाया नेपाली सहित स्थानीय तहका ९ जनाले आइतवार नेपाल कम्युनिष्ट पार्टी(एकिकृत समाजवादी)का पक्षमा सनाखत गर्नु भएको छ । सनाखत गर्नेमा अधिकाँस मेरिङ्देन गाउँपालिकाका रहनु भएको छ । जिसस उपप्रमुख नेपाली,मेरिङ्देन गाउँपालिका वडा नं ६ नाल्बुका वडाध्यक्ष ठाकुरसिंह लिम्बू,जिल्ला समन्वय समिति सदस्य निमतेञ्जी शेर्पा,मेरिङ्देन गाउँपालिकाका प्रवक्ता समेत रहनु भएका कार्यपालिका सदस्य सूर्यमान बराइली,मेरिङ्देन गाउँपालिकाका कार्यपालिका सदस्य दोर्जी शेर्पा,मेरिङ्देन गाउँपालिका वडा नं ३ खाम्लुङका वडा सदस्य गजेन्द्रकुमार नाल्वो र सोहि वडाका दलित महिला सदस्य दिलमाया नेपाली, मेरिङ्देन गाउँपालिका वडा नं २ का वडासदस्य पूर्णबहादुर कामी र मेरिङ्देन गाउँपालिका वडा नं १ का वडासदस्य मानबहादुर लिम्बू रहनु भएको जिल्ला निर्वाचन कार्यालयले जनाएको छ ।

३ सय २१ जना जनप्रतिनिधि निर्वाचित हुने ९ स्थानीय तह रहेको ताप्लेजुङमा २०७४ सालको स्थानीय तहको निर्वाचनमा ५ प्रमुख÷अध्यक्ष र ५ उपाध्यक्ष सहित नेकपा एमालेले १ सय ७३ पदमा बिजय हासिल गरेको थियो । ९ सदस्यीय जिल्ला समन्वय पदाधिकारी सहित यहाँ स्थानीय तहका जनप्रतिनिधिको संख्या ३ सय ३० हुने छ । जिसस पदाधिकारी तथा सदस्य सहित एमालेको पक्षमा १ सय ८२ जनप्रतिनिधि थिए । स्थानीय तहका प्रमुख र उपप्रमुख÷उपाध्यक्षको मताधिकारमार्फत चयन हुने जिल्ला समन्वय समितिमा एमालेले प्रमुख,उपप्रमुख सहित ९ पदमै एकलौटी बिजय हासिल गरेको थियो । एमालेले २९ वडाका वडाध्यक्ष र १ सय ३४ सदस्यीय पदमा बिजय हासिल गरेको थियो । नेपाली काँग्रेसले ४ अध्यक्ष,२ उपाध्यक्ष,२६ वडाध्यक्ष र ९५ जना सदस्य गरी कूल १ सय २७ जनप्रतिनिधि निर्वाचित गराएको थियो । यस्तै माओवादी केन्द्रले २ उपप्रमुख÷उपाध्यक्ष,५ वडाध्यक्ष र ९ सदस्य समेत गरी १६ जना जनप्रतिनिधि निर्वाचित गराउँदा तत्कालिन नयाँ शक्ति पार्टीले १ वडाध्यक्ष र २ सदस्य गरी ३ र संघीय लिम्बूवान मञ्च नेपालले २ जना सदस्यलाइ जनप्रतिनिधिका रुपमा निर्वाचित गराउन सकेको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts