| |

नेकपा (एस) को संसदीय दलको नेतामा नेपाल चयन

अरुलाई पनि शेयर गरौ !

काठमाडौं, भदौ १३ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) संसदीय दलको नेतामा अध्यक्ष माधवकुमार नेपाल चयन भएका छन् । आइतबार बसेको संसदीय दलको पहिलो बैठकले अध्यक्ष नेपाललाई सर्वसम्मतले दलको अध्यक्षमा चयन गरेको सांसद मेटमणि चौधरीले बताए ।
सांसद चौधरीका अनुसार वेदुराम भुसाल राष्ट्रियसभा संसदीय दलको नेतामा चयन भएका छन् । दलको बैठकले स्थायी कमिटी सदस्य भुसाललाई राष्ट्रियसभा दल नेता चयन गरेको हो । एमाले विभाजन भएर बनेको नयाँ दल नेकपा (एकीकृत समाजवादी) को राष्ट्रिय सभामा सात सांसद छन् । त्यस्तै बैठकले संसदीय दलको विधान मस्यौदा समिति गठन गरेको छ । विधान मस्यौदा समितिमा भवानी खापुङ, शेरबहादुर कुवँर, लक्ष्मी चौधरी, निरा जैरु र ठगेन्द्रप्रकाश पुरी रहेको जनाइएको छ ।
त्यस्तै बैठकले मन्त्री छान्ने अधिकार पार्टी अध्यक्ष माधवकुमार नेपाललाई दिएको छ । सांसद चौधरीका अनुसार बैठकले मन्त्री छान्ने अधिकार नेपाललाई दिने प्रस्ताव पास गरेको जानकारी दिए । यता आइतबार बानेश्वरस्थित संघीय संसद भवनमा बसेको संसदीय दलको बैठकमा सम्बोधन गदै अध्यक्ष नेपालले हाल पार्टीको विधान, वैचारिक तथा सांगठनिक स्वरुप सबै निर्वाचन आयोगमा मस्यौदाको रुपमा रहेको र यी सबै मस्यौदाहरुलाई राष्ट्रिय सम्मेलनमार्फत पूर्णता दिइने बताए ।
नेकपा एमाले विभाजनमा अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वले देशको सिंगो कम्युनिस्ट आन्दोलन नै समाप्त पार्ने लक्षण देखिएपछि आफूहरुले नयाँ पार्टी नेकपा ९एकीकृत समाजवादी ० पुर्नगठन गर्नुपरेको नेपालले स्पष्ट पारेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts