| |

हरित अभियानअन्तर्गत भीमकाली गुल्मद्वारा २ हजार बढी बिरुवा रोपियो

खगेन्द्र अधिकारी
ताप्लेजुङ,भदौ १२ । नेपाली सेनाले सुरु गरेको रहित अभियान कार्यक्रम अन्र्तगत ताप्लेजुङमा रहेको भीमकाली गुल्मले साढे २ हजार थान बृक्षरोपण गरेको छ । गुल्मले हर्रोबर्रो,चिउरी,तेजपत्ता,लप्सी,इपिल,जापानी सल्लो,टाँकी,उत्तिस,सल्ला र चिलाउने प्रजातिका २ हजार ४० थान बिरुवा रोपण गरेको भीकाली गुल्मका सहसेनानी कौशल कार्कीले जानकारी दिनुभयो । भदौ ९,१० र ११ गते गरी ३ दिनको अवधिमा सुकेटार,फुङलिङको कोप्चे क्षेत्र र गुल्म परिसर क्षेत्रमा बृक्षरोपण गरिएको भीमकाली गुल्मले जनाएको छ । गुल्मका उपसेनानी जगत खड्काका अनुसार सबैभन्दा बढी सुकेटार क्षेत्रमा १ हजार ५ सय ५ थान बिरुवा रोपण गरिएको छ ।

प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे,सशस्त्र प्रहरी वल नं १ गुल्म कञ्चनजंघा हेडक्वाटरका गुल्मपति रोशन बुढाथोकी,राष्ट्रिय अनुसन्धान जिल्ला कार्यालय ताप्लेजुुङका प्रमुख अनुसन्धान अधिकृत दुर्गा चापागाँइ,प्रहरी निरीक्षक राकेश यादव,सशस्त्र प्रहरी निरीक्षक प्रभात गौतम,डिभिजन वन कार्यालय ताप्लेजुङका सहायक वन अधिकृत बद्रीप्रसाद शाह,सञ्चारकर्मी,उद्योगी व्यवसायी,पाथीभरा देवी मन्दिर संरक्षण तथा सम्वद्र्धन समिति र पाथीभरा क्षेत्र विकास समितिका प्रतिनिधिको उपस्थितिमा बृक्षरोपण गरिएको गुल्मले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी पाण्डेले हरित अभियान सजीव बस्तुको जीवनसंग जोडिएकोले यसको सफलताका लागि सबैको सहभागिता अनिवार्य रहेको बताउनु भएको छ ।

Similar Posts