|

एमाले विभाजितः माधव समूहद्वारा एमाले समाजवादी दर्ताका लागि निवेदन

अरुलाई पनि शेयर गरौ !

काठमाडौं, भदौ २ । नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको छ । नेपाल समूहका सांसद मेटमणि चौधरीले नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको जानकारी दिए ।
एमाले वरिष्ठ नेता नेपालले पार्टी विभाजन गर्दै आयोगमा नयाँ दल दर्ताका लागि निवेदन दिएका हुन् । नयाँ पार्टीको नाम नेकपा एमाले ९समाजवादी० राखिएको छ भने चुनाव चिह्न खुल्ला किताव राखिएको चौधरीले जानकारी दिए ।
नेपाल समूहका सांसद चौधरीका अनुसार आयोगमा रामकुमारी झाँक्री, राजेन्द्र पाण्डेलगायतका नेता निर्वाचन आयोग पुगेर दल दर्ता गरेर फर्किएका छन् । एक केन्द्रीय सदस्यका अनुसार एमाले समाजवादीको संयोजकमा नेता नेपाल हुने छन् भने ९५ सदस्यीय केन्द्रीय कमिटी हुने छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts