| |

पूर्वमन्त्री भट्टराईलाई मातृशोक

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, साउन २४ ।
नेकपा (एमाले) का नेता तथा पूर्वमन्त्री योगेशकुमार भट्टराईलाई मातृशोक परेको छ । पूर्वमन्त्री भट्टराईकी आमा महेन्द्रादेवीको ९५ वर्षको उमेरमा शनिबार काठमाडौंमा निधन भएको हो ।
पूर्वमन्त्रीका दाजु एवम् एमाले ताप्लेजुङका उपाध्यक्ष मातृकाप्रसाद भट्टराईका अनुसार आमा महेन्द्रादेवीको शनिबार साँझ ५ः२० मा निधन भएको हो । आमाको पार्थिव शरीरलाई आइतबार बिहान पशुपति आर्यघाटमा दाहसंस्कार गरिने भट्टराईले जानकारी दिनुभएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts