| |

ज्यान मुद्दामा दोषी ठहरिएका व्यक्ति आठ वर्षपछि पक्राउ

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, साउन १८ ।
ताप्लेजुङमा कर्तव्य ज्यान मुद्दामा दोषी ठहर भई फरार भएका एक व्यक्ति आठ वर्षपछि पक्राउ परेका छन् । प्रहरीका अनुसार जिल्लाको मैवाखोला गाउँपालिका वडा नं. १ ढुङ्गेसाँघुका दुर्गाप्रसाद मास्वा भनिने दुर्गामणि ओरुम्हाङ लिम्बू पक्राउ परेका हुन् ।
तत्कालीन पुनरावेदन अदालत इलामले कर्तव्य ज्यान मुद्दामा लिम्बूलाई दोषी ठहर गर्दै २०७० साल जेठ २ गते २० वर्षको कैद सजायको फैसला सुनाएको थियो । उक्त फैसलापछि फरार रहेका लिम्बूलाई खोजतलास गर्ने क्रममा आइतबार सदरमुकाम फुङ्लिङबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रहरी निरीक्षक एवम् प्रवक्ता कैलासकुमार अधिकारीले बताउनुभयो ।
पक्राउ परेका लिम्बूलाई आइतबार नै जिल्ला अदालत ताप्लेजुङमा उपस्थित गराएको र अदालतको आदेशपछि तोकिएको कैद सजाय भुक्तानका लागि सोही दिन कारागार चलान गरिएको पनि प्रहरी निरीक्षक अधिकारीले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts