| |

जनताको प्रिय जनप्रतिनिधि बन्दै वडाध्यक्ष

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
धनकुटा (बसन्तटार), साउन ८ ।
धनकुटाको चौविसे गाउँपालिका वडा नं. ८ का वडाध्यक्ष धनबहादुर खजुम लिम्बू जनताको प्रिय जनप्रतिनिधि बन्नुभएको छ । जनताको साथ र सहयोगमै समय दिँदै आउनुभएका वडाध्यक्ष लिम्बू जति वडाबासी जनताको प्रिय बन्नुभएको छ, त्यति नै जनताको समस्या समाधानमा जुट्नुका साथै विकास निर्माणमा पनि उत्तिकै योगदान गर्दै आउनुभएको छ ।
जनताको पीडा, समस्या, आवश्यकता र भावनामा साथ दिन सधैं तत्पर रहने युवा राजनीतिज्ञ तथा जनप्रतिनिधि लिम्बूको कार्यशैलीप्रति वडावासी पनि सन्तुष्ट छन् । जनप्रतिनिधिको भूमिकामा सबै जात, लिङ्ग, समुदाय र वर्गप्रति समान व्यवहार गर्नु आफ्नो शर्त रहेको बताउनुहुने वडाध्यक्ष लिम्बूले सोही अनुसार कार्यकालको यो अवधिसम्म आफूले कर्तव्य सफल रुपमा निर्वाह गर्दै आएको पनि बताउनुहुन्छ ।

सबैसँग मिलनसार व्यवहार दर्शाउने मिजासिला स्वभावका वडाध्यक्ष लिम्बूले जनताको जनप्रतिनिधिका रुपमा आफूलाई स्थापित गराउन कुनै असहज नभएको बताउनुभयो । वृद्धवृद्धा, जेष्ठ, युवा, तन्नेरी, बालबालिका, साथीभाइ, आगन्तुक सबैसँग सजिलै भिज्न सक्ने भएकै कारण पनि उहाँ जनप्रिय बन्नुभएको छ । कसैलाई कुनै समस्या पर्दा वा सहयोगको आवश्यकता परेमा तत्काल भावनादेखि नै सहयोगमा हाजिर हुने उहाँको आदत नै बनेको छ ।
जनप्रतिनिधि हुनुको कुनै अहंकार नदेखाउने वडाध्यक्ष लिम्बू विकास निर्माणको कार्य, मजदुरी गर्नमा सँगसँगै खट्ने गर्नुहुन्छ भने भलिबल जस्ता खेलकुदजन्य गतिविधिमा युवा, खेलाडीसँगै घुलमेल हुने गर्नुभएको छ । जनताको सबैखाले मर्म र समस्या बुझेर स्वार्थरहित भावनाका साथ सधैं सक्रिय रहनु साथै जनताकै सेवामा समर्पित हुनु पहिलो कर्तव्य ठान्नुहुन्छ वडाध्यक्ष लिम्बू । आफ्नो क्षमता, बुद्धि र विवेकले भ्याएसम्म जनताकै निम्ति आउँदा दिनहरुमा समय दिने उहाँ बताउनुहुन्छ ।
यसरी उमेरले भर्खरै ३० वर्ष पुग्नुभएका वडाध्यक्ष लिम्बूको राजनीतिक भविश्य पनि सुन्दर रहेको छ । निःस्वार्थ मन भावनाले समाज परिवर्तन र जनताको सेवामा राजनीतिक जीवन समर्पण गर्ने सोच बनाउनुभएका लिम्बू २०७४ सालको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट साविक बसन्तटार गाविस, हालको चौबिसे गाउँपालिका वडा नं. ८ को वडाध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts