जक उद्योगका फरार प्रतिवादी पक्राउ पछि कारागार चलान
ताप्लेजुङ असार २९ । जबरजस्ती करणी उद्योगका एक प्रतिवादी ताप्लेजुङ कारागार चलान भएका छन् । ताप्लेजुङ जिल्ला अदालतबाट कैद सजाय तोकिएपछि फरार रहेका आठराइ त्रिबेणी गाउँपालिका वडा नं ४ (साविक चाँगे गाविस वडा नं ६) घर भएका ३५ बर्षिय निमतेञ्जी शेर्पा कारागार चलान भएका हुन् । प्रहरीले पक्राउ गरी अदालतमा पेश गर्दा कैद भुक्तानका लागि कारागार चलान गर्न आदेश भए बमोजिम गरिएको जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका प्रवक्ता÷सूचना अधिकारी कैलाशकुमार अधिकारीले जानकारी दिनुभयो । २०७५ साउन १७ मा स्थानीय एक ३९ बर्षे महिलालाइ जबरजस्ती करणी गरेको अभियोगमा मुद्दा पेश गरिएकोमा जिल्ला अदालतको २०७५ २४ साउनको आदेशले निमतेञ्जीलाइ ३ लाख ७८ हजार रुपैंया धरौटीमा छाडिएको थियो । २०७५ साउन २७ मा निमतेञ्जीलाइ २ बर्ष ६ महिना कैद सजाय हुने गरी भएको फैसला पछि फरार रहेका उनलाइ असार २९ मा पक्राउ गरी अदालतमा पेश गरिएकोमा निजलाइ तोकिएको कैद सजाय भुक्तानका लागि कारागार पठाउन आदेश भए बमोजिम कारागार चलान गरिएको प्रहरीले जानकारी दिएको छ ।