| |

भवनको नक्सा पास गर्दा स्थानीय नेपाली वास्तुकला कला झल्कने डिजाइनको मात्र गर ः संघीय सरकार

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार २४ । सरकारले भवनको नक्सा पास गर्दा स्थानीय नेपाली वास्तुकला कला झल्कने,प्राचीन साँस्कृतिक कला र संस्कृतिको प्रवद्र्धन हुने गरी नक्सा पास गर्ने प्रवन्ध मिलाउन देशभरका स्थानीय तहलाइ परिपत्र गरेको छ । संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका महानगरपालिका,उपमहानगरपालिका,नगरपालिका र गाउँपालिकालाइ पत्र लेख्दै परम्परागत वास्तुकलाको संरक्षण र प्रवद्र्धनका केन्द्रित परिपत्र गरेको हो । परिपत्रमा गाउँपालिका तथा नगरपालिकाबाट स्थानीय वास्तुकलाको प्रवद्र्धन गर्ने गरी भवनको बाहिरी स्वरुपको बिभिन्न डिजाइनका नमूना तयार गरी प्रचारप्रसार गर्न समेत भनिएको छ । सार्वजनिक भवनहरु निर्माण हुँदा रैथाने वास्तुकला झल्कने स्वरुप दिने कार्यका लागि पनि संघीय सरकारले स्थानीय तहको ध्यानाकर्षण गराएको छ । स्थानीय सरकार सञ्चालन ऐन २०७४ को दफा ११ मा गाउँपालिका तथा नगरपालिकाको काम,कर्तव्य तथा अधिकार अन्र्तगत राष्ट्रिय भवन संहिता तथा मापदण्ड बमोजिम भवन निर्माण अनुमति,अनुगमन र नियमन् सम्वन्धी तथा स्थानीय भाषा,संस्कृति र ललितकलाको संरक्षण र विकास सम्वन्धी कार्यहरु उल्लेख गरिएको छ । त्यसै सन्दर्भमा गाउँपालिका तथा नगरपालिका क्षेत्र भित्र सार्वजनिक,निजी,सामुदायिक तथा साझेदारीका भवनहरु निर्माण गर्दा राष्ट्रिय मापदण्डको अधिनमा रही गर्ने÷गराउने व्यवस्थाका लागि संघीय सरकारले स्थानीय तहको ध्यानाकर्षण गरेको हो । यसका लागि संघीय सरकारले स्थानीय तहलाइ केहि नमूना डिजाइन समेत दिएको छ । जस अनुसार भौगर्भिक चिरा परेका ठाउँहरु,पहिरो जान सक्ने क्षेत्र,२० प्रतिशत भन्दा बढी भिरालो क्षेत्र र खोलाको छेउ र पानी बग्ने क्षेत्रमा आवास निर्माण गर्न प्रतिवन्ध गरिएको छ । यस्तै घर दुइ तला र धन्सार(बुइगल)समेतको सिमेन्टको जोेडाइमा हुनुपर्ने,आड बिना गारोको लम्बाइ १४ फिट ९ इन्च भन्दा बढी हुन नहुने,एउटा कोठाको क्षेत्रफल १ सय ४५ वर्गफिट र गारोको उचाइ १० फिट भन्दा बढी हुन नहुने र वर्गाकार वा आयातकार स्वरुपको घरको योजना बनाउनुपर्ने तथा घरको चौडाइको अनुपातको ३ गुणा भन्दा बढी भएको लामो र साँघुरो आवास निर्माण गर्नुपर्ने तरिकाको डिजाइन दिइएको छ । यस्तै जग भन्दा जमिनलाइ राम्रोसंग सम्याउनुपर्ने,सम्याइएको जमिनमा जग र गारो राख्ने स्थानमा धागोलो बाँधी चुन राखी भवन र कोठाको लेआट तयार गर्नुपर्ने,जगको खाडल एकनास रुपको हुनुपर्ने,समतल क्षेत्रमा भएको आवासको जग एउटै सतहमा निर्माण गर्नुपर्ने,एकतले आवासको लागि जगको गहिराइ कम्तिमा २ फिट १० इञ्च र २ तले आवासको लागि हुनुपर्ने,जग खनेपछि जगलाइ धुर्मुसले जोडले खाद्नुपर्ने सहितका डिजाइन पठाइएको छ । संघीय सरकारले आवास तथा भवनको कुर्सी सतह(प्लिन्थ लेभल),गारो,गारोको खुल्ला भाग,ठाडो सवलीकरण,तेर्सो बन्धन,छाना र सामग्रीको अनुपात समेतको डिजाइन पठाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts