ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ४५ पुग्यो

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार २२ । ताप्लेजुङमा सक्रिय कोरोना संक्रमितको संख्या ४ सय ४५ पुगेको छ । मंगलवार २८ जना कोरोना संक्रमित थपिएसंगै सक्रिय कोरोना संक्रमितको संख्या साढे चारसय नजिक पुगेको हो । जिल्ला प्रशासन कार्यालयले मंगलवार बिहान मात्र सक्रिय संक्रमितको संख्या ४ सय १७ रहेको बिबरण सार्वजनिक गरेको थियो । मंगलवार अपरान्ह २८ जना संक्रमित थपिए पछि यो संख्या ४ सय ४५ पुगेको हो । जिल्ला प्रशासन कार्यालयका कोभिड–१९ सम्पर्क व्यक्ति खरिदार बिजय गोठाले गौतमका अनुसार कूल संक्रमितमध्ये १ हजार २१ जना संक्रमणमुक्त भएका छन् । १ हजार २१ जना संक्रमणमुक्त भएको प्रशासन कार्यालयले जानकारी दिएको छ । अहिले ४ सय ४५ जना सक्रिय संक्रमित रहेको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts