|

पूर्व मन्त्री भट्टराईद्धारा दोभान बजारका अग्नि पीडितका लागि संकलित २१ लाख रकम पालिका अध्यक्षलाइ हस्तान्तरण

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,२२ असार । पूर्व मन्त्री योगेशकुमार भट्टराईको पहल तथा ताप्लेजुङ जन्मस्थान भइ कर्मक्षेत्रले संघीय राजधानी पुगेकाहरुको सक्रियतामा संकलित २१ लाख रकम दोभान बजारका अग्नि पीडितले पाउने गरी हस्तान्तरण गरिएको छ । मेरिङदेन गाउँपालिकास्थित दोभान बजारका अग्नि पीडितका लागि संकलित यो रकम पालिकाले स्थापना गरेको प्रकोप व्यवस्थापन खातामा जम्मा हुने गरी हस्तान्तरण गरिएको हो । ताप्लेजुङ सरोकार केन्द्र र ताप्लेजुङ समाज नेपालका प्रतिनिधिको रोहवरमा पूर्व मन्त्री भट्टराईले २१ लाख रुपैंया मेरिङ्देन गाउँपालिका अध्यक्ष गणेशबहादुर लिम्बूलाइ हस्तान्तरण गरेका छन् । ताप्लेजुङ सरोकार केन्द्र र ताप्लेजुङ समाज नेपालको सक्रियतामा दोभान बजारका अग्नि पीडितका लागि रकम संकलन गरिएको थियो । सरोकार केन्द्रका अध्यक्ष चित्रगुप्त साँवाले कामको सिलसिलामा संघीय राजधानी पुगेकाहरुले गृह जिल्लाका पीीडत नागरिकका लागि सहयोग संकलन गरी बितरण गरेको बताउनुभयो । ताप्लेजुङ समाज नेपालका महासचिव अग्नि पौडेलले गृह जिल्लाका नागरिकको पींडामा थोरै भएपनि मह्लमपट्टी गर्न पाउँदा गौरवको अनुभूती भएको बताउनुभयो । सरोकार केन्द्र र ताप्लेजुङ समाज नेपाल ताप्लेजुङ घर भइ पेशा व्यवसायको सिलसिलामा संघीय राजधानी पुगेकाहरुको साझा संस्था हो । पीडितलाइ राहत तथा क्षतिपूर्ति बितरणका लागि एकद्धार प्रणाली अपनाएको मेरिङ्देन गाउँपालिकाले दोभान बजारका अग्नि पीडितका लागि छुट्टै प्रकोप व्यवस्थान खाता सञ्चालनमा आएको छ ।

प्रमुख प्रशासकीय अधिकृत डम्बरबहादुर आङ्देम्बेले खातामा जम्मा भएको रकम पहिलो चरणमा दोभान बजारका अग्नि पीडितलाइ बितरण गरिएको र अरु चरणमा क्रमशः बितरण गर्दै लैजाने बताउनुभयो । क्षतिपूर्ति बितरणका लागि पालिकाले यसअघि नै पीडितहरुको वर्गीकरण गरिसकेको छ । दोभान बजारका अग्नि पीडितका लागि राहत संकलन गर्न पूर्व मन्त्री भट्टराईको संयोजकत्वमा राहत सहयोग संकलन समिति बनाइएको थियो । ताप्लेजुङ केन्द्र र सरोकार समाजले समन्वयकर्ता समेत तोकेको थियो । दोभान एकता समाज काठमाण्डौ,ओलाङ्चुङगोला कल्याण परिवार,ताप्लेजुङ गुरुङ समाज काठमाण्डौ तथा मिस मंगोल सिभिरा लामा,अमेरिकामा रहेका अमर सेनेहाङ सहित दावा शेर्पा र राजु साँवा लगायतको बलियो भूमिका रहेको बताइएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts