साविककै सर्त र मापदण्डमा ताप्लेजुङमा निशेधाज्ञाको अवधि असार ३१ सम्मलाइ थप

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार २१ । साविककै सर्त र मापदण्डमा ताप्लेजुङमा निशेधाज्ञाको अवधि असार ३१ सम्मलाइ थप भएको छ । सोमवार बसेको कोरोना नियन्त्रण तथा व्यवस्थापन समितिको बैठकले अन्तर जिल्ला र अन्तरपालिकाकाबाट हुने आवागमनमा थप कडाइ गर्दै साविककै सर्त र मापदण्डमा निशेधाज्ञाको अवधि थप गर्ने निर्णय लिएको हो । प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेका अनुसार अब असार ३१ गते सम्म साविक झैं फुङ्लिङका बजार पसल दिउँसो १ बजे सम्म खुल्ला हुने छन् । भौतिक दुरी कायम गर्ने र स्वास्थ्य सुरक्षाका सबै मापदण्ड अपनाएर बेलुकी ५ बजे सम्म बजार पसल खुल्ला गर्ने प्रशासनको प्रस्तावमा बाणिज्य संघकै पदाधिकारीले साविककै सर्त र अवधि सम्म मात्र बजार पसल खुल्ला गर्नुपर्ने प्रस्ताव गरेको प्रशासन कार्यालयले जनाएको छ । त्यहिँ भएर दिउँसो १ पछिको बजार बन्दको पूर्णतया दायित्व बाणिज्य संघलाइ नै दिने निर्णय भएको प्रजिअ पाण्डेले बताउनुभयो । ‘उहाँहरु आफैंले नियमन गर्ने र प्रशासनले समन्वय र सहजीकरण कार्य हुने छ’प्रजिअ पाण्डेले भन्नुभयो । निर्णय कार्यान्वयन गर्न प्रशासनले कुनै कञ्जुस्याँइ नगर्ने समेत उहाँले दोहो¥याउनु भयो । ‘प्रत्येक व्यक्तिले अब आफु कसरी संक्रमणबाट बच्ने हो भनेर सोच्ने र सोहि अनुसार सावधान बन्ने हो’पाण्डेले भन्नुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts