सामाजिक सुरक्षा अनुदान बाहेक फुङ्लिङ नगरपालिकाले ल्यायो करिव साढे ६३ करोडको बजेट,सामाजिक र पूर्वाधार विकास प्राथमिकतामा,कोरोनाकालको करमा छुट दिने नगरपालिकाको नीति
खगेन्द्र अधिकारी
ताप्लेजुङ,असार १० । सामाजिक सुरक्षा अनुदान बाहेक ताप्लेजुङको फुङ्लिङ नगरपालिकाले आगामी आर्थिक बर्ष २०७८।०७९ का लागि कूल ६३ करोड ३९ लाख १५ हजार २ सय १० रुपैंयाको बजेट ल्याएको छ । नगरपालिकाले संघीय सरकारबाट ८ करोड रुपैंया सामाजिक सुरक्षा अनुदान प्राप्त हुने अनुमान गरेको छ । सामाजिक सुरक्षा अनुदान बाहेकको बजेटबाट नगरपालिकाले चालूतर्फ ३९ करोड ४५ लाख ५१ हजार रुपैंया(६२.२४ प्रतिशत) र पुँजीगततर्फ २३ करोड ९३ लाख ६४ हजार रुपैंया(३७.७६ प्रतिशत) खर्च हुने अनुमान गरेको नगर उपप्रमुख बमबहादुर भट्टराई(तारा)ले प्रस्तुत गर्नुभएको बजेट बक्तव्यमा उल्लेख गरिएको छ ।
उपप्रमुख भट्टराईका अनुसार सामाजिक विकासतर्फ ३१ करोड ४८ लाख ५० हजार(४९.७६ प्रतिशत),पूर्वाधार विकासतर्फ १६ करोड १४ लाख ५५ हजार(२५.४७ प्रतिशत),आर्थिक विकासतर्फ ३ करोड ३८ लाख ५५ हजार(५.३४ प्रतिशत),सुशासन र अन्तर सम्वन्धित क्षेत्रतर्फ १ करोड १६ लाख ४० हजार(१.८४ प्रतिशत) र कार्यालय सञ्चालन तथा प्रशासनिक खर्चतर्फ ११ करोड २१ लाख १५ हजार(१७.६९ प्रतिशत) रकम बिनियोजन भएको छ । उक्त खर्च बहनका लागि नगरपालिकाले संघीय सरकारबाट प्राप्त हुने बित्तीय समानीकरण अनुदान १६ करोड २० लाख,संघीय सरकारबाट प्राप्त हुने राजश्व बाँडफाँडको रकम ७ करोड ७८ लाख ९० हजार, सर्शत अनुदान २८ करोड १० लाख र बिशेष अनुदान १ करोड ४९ लाख,समपुरक अनुदान १ करोड ९५ लाख तथा प्रदेश सरकारबबाट प्राप्त हुने बित्तीय समानीकरण ९५ लाख ९७ हजार,राजश्व बाँडफाँडको १ करोड ४ लाख २ सय १० रुपैंया,समपुरक अनुदान १ करोड,सर्सत अनुदान ७ लाख ५ हजार र आन्तरिक श्रोतबाट ४ करोड ८९ लाख २३ हजार रुपैंया व्यहोर्ने नगरपालिकाको योजना रहेको छ । नगरपालिकासंगको सहकार्यमा ३ वटा गैर सरकारी संस्थामार्फत २ करोड ९२ लाख २८ हजार ९१ रुपैंया खर्च हुने समेत उपप्रमुख भट्टराईद्धारा प्रस्तुत बजेट बक्तब्यमा उल्लेख गरिएको छ । नगरपालिकाले पूर्वाधार विकासतर्फ ५७ वटा सडक,१८ वटा भवन,४ वटा शौचालय,३ वटा तटबन्ध,४ वटा कज्वे,३ वटा नाली,२ वटा कल्र्भट,१० वटा पदमार्ग,२ वटा पर्खाल,२ वटा खेलमैदान,१ वटा उर्जा र २ वटा सिचाँइका योजना कार्यान्वयन गर्नेगरी कूल १६ करोड १४ लाख रुपैंया बिनियोजन गरेको छ । सामाजिक विकासतर्फ शिक्षा,स्वास्थ्य,खेलकुद,खानेपानी,लैंगिक समानता र समाबेशीकरणका सम्वन्धीका २ सय ७२ वटा कार्यक्रम सञ्चालन गर्न ३१ करोड ४८ लाख ५० हजार रुपैंया बजेट बिनियोजन गरेको छ । कृषि,सहकारी,पशुपालन,सहकारी उद्योग र पर्यटन क्षेत्र गरी आथिक विकासतर्फ ३ करोड ३८ लाख ५५ हजार रुपैंया बिनियोजन गरिएको छ । जस अन्र्तगत पर्यटनमा ११,कृषिमा ३७,सहकारीमा ३,उद्योगमा ४,सिचाँइमा ४ र पशुपंक्षिमा २१ वटा योजना रहने छन् । वन वातावरण र बिपद् व्यवस्थापनतर्फ २४ लाख ७५ हजार रुपैंयाको बजेट रहेको छ । जसमध्ये प्राकृतिक प्रकोप र बिपद् व्यवस्थापनका लागि १९ लाख ८० हजार र तारजाली खरिदमा ४ लाख ९५ हजार रुपैंया बिनियोजन गरिएको छ । सार्वजनिक सेवा तथा क्षमता विकासका लागि १२ वटा योजना सम्पन्न गर्न ७२ लाख १५ हजार रुपैंया बिनियोजन भएको छ । बिधायन समितिका ३ वटा र न्यायिक समितिका ३ वटा कार्यक्रमका गर्न प्रत्येकमा ८ लाख २५ हजार रुपैंयाका दरले बजेट बिनियोजन भएको छ भने सार्वजनिक लेखा परीक्षकको क्षमता विकास कार्यका लागि १ लाख ५० हजार रुपैंयाको बजेट रहेको छ ।
कर छुट दिने नगरपालिकाको नीति
नगरप्रमुख छत्रपति प्याकुरेलद्धारा प्रस्तुत नीति तथा कार्यक्रममार्फत फुङ्लिङ नगरपालिकाले कोभिड १९ को महामारीका कारण व्यपार व्यवसाय बन्द भएकोमा आगामी आर्थिक बर्षको व्यवसाय कर तथा फोहोरमैला व्यवस्थापन शुल्कमा बन्दाबन्दी अवधिभरमा बन्द रहेका व्यपार व्यवसायको हकमा १५ प्रतिशत सम्म छुट दिने नीति पारित गरेको छ ।
२०८२ भित्रमा समृद्ध नगरको आधारभूत स्तर निर्माण गरिने
नगरपालिकाले प्रथम नगरपालिका गुरुयोजना तर्जुमा कार्यलाइ आगामी आर्थिक बर्षबाट लागु गर्ने घोषणा गरेको छ । २०८२ असार मसान्त भित्र यातायात,आर्थिक,सामाजिक,साँस्कृतिक तथा प्रशासनिक लगायतका पूर्वाधारहरुको आधारभूत स्तर निर्माण गरी नगरपालिकाको दिगो विकास र समृद्धिको आधारभूत जग स्थापित गर्ने घोषणा गरेको छ । यस्तै आगामी २० बर्ष भित्र ताप्लेजुङ जिल्लाको सामाजिक सुरक्षा सहितको सुबिधा सम्पन्न तथा सीपयुक्त मानवीय स्रोत र साधनको विकासका साथमा मर्तमान मानव विकास सूचाङ्कको अवस्थामा सत प्रतिशत बृद्धि गर्ने लक्ष्य लिएको छ । नगरपालिकाले ‘यातायात सञ्जाल,व्यवसायिक कृषि,पर्यटन र पूर्वाधार,शिक्षा,स्वास्थ्य र औद्योगिक विकास फुङलिङ समृद्धिको आधार’भन्ने नारा तय गरेको छ ।
पूर्वाधार तथा पर्यटन प्रवद्र्धनलाइ जोड
नगरपालिकाले निर्माण गरिएका सडकलाइ बाह्रै महिना सञ्चालन हुने तहको बनाउने,नगरपालिकाको वडा नं २,३,६,७,८ र ११ नम्बर वडाका प्रशासकीय भवन बनाउने भनेको छ । नगरपालिकाले वडा नं १ र ४ को प्रशासकीय भवनबाट यसै आर्थिक बर्षमा सेवा प्रवाह सुरु गर्ने घोषणा गरेको छ । नगरपालिका भित्र आन्तरिक पर्यटन प्रवद्र्धन तथा आवतजावतमा सजहताका लागि बिभिन्न स्थानमा पदमार्ग निर्माण गर्ने भनेको छ । निर्माणाधिन अवस्थामा रहेका खेल मैदानको स्तरोन्नती तथा थप खैल मैदानहरुको निर्माण गर्ने समेत उसले नीतिगत घोषणा गरेको छ । आगामी आवमा नगरपालिकाका वडा नं ९,१० र ११ मा समेत केन्द्रीय बिद्युत प्रसारण लाइन जडान गरिसक्ने नगरपालिकाको नीति रहेको छ ।
बिद्यार्थीलाइ टिफिन बक्स बितरण देखि प्राविधिक बिषय पढाइने
नगरपालिकाले नगर क्षेत्रका सामुदायिक बिद्यालयका आधारभूत तहका बिद्यार्थीका लागि टिफिन वक्स र झोला बितरण गर्ने कार्यक्रम राखेको छ । उसले सामुदायिक बिद्यालयबाट एसईई उर्तीण गरेका जेहेन्दार बिद्यार्थीलाइ प्राविधिक बिषय अध्ययनका लागि छात्रबृति दिने घोषणा गरेको छ । नगरपालिकाले नगर क्षेत्रको शैक्षिक प्रोफाइल बनाउने भएको छ ।