खोला÷नदी किनार,डुवान तथा पहिरोजन्य स्थानका बासिन्दालाइ सावधानी अपनाउन प्रदेश १ सरकारको आग्रह

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार ५ । प्रदेश १ सरकारले खोला÷नदी किनार,डुवान तथा पहिरोजन्य स्थानका बासिन्दाहरुलाइ बिशेष सावधानी अपनाउन आग्रह गरेको छ । प्रदेश सरकारकातर्फबाट आन्तरिक मामिला तथा कानुन मन्त्रालयले एक अपिल जारी गर्दै बिपद्का सम्भावित घटनाबाट बच्न तथा बिपद्को पूर्व तयारी र प्रतिकार्यका लागि एकजुट भएर अघि बढ्न सबैलाइ आग्रह गरेको छ । मन्त्रालयका प्रवक्ता कमलबहादुर थापाद्धारा हस्ताक्षरित अपिलमा प्रदेश १ बिगत देखि नै बाढ,पहिरो,डुबान,कटान,चट्याङ,सर्पदंश जस्ता मनसुनजन्य बिपद्बाट प्रभावित क्षेत्र भएको स्मरण गर्दै अरुण,तमोर सहित मुलुककै सबैभन्दा ठूलो सप्तकोषी नदीका साथै कन्काइ,बिरिङ,बक्राहा,चिसाङ,मावा,रतुवा,त्रियुगाा जस्ता नदीहरु र अन्य कैयन् स–साना खोलाखोल्सीहरु रहेका र तिनीहरुबाट मनसुनको समयमा जोखिम आउन सक्नेतर्फ सजग गराइएको छ । पहाडी र हिमाली भेगहरुमा हिमताल बिष्फोटन,पहिरो र चट्याङको जोखिम रहने तथा तराइका झापा,मोरङ,सुनसरी,उदयपुर लगायतका तराइ र भित्री मधेसका जिल्लाहरुमा डुबान,कटान,चट्याङ,सर्पदंश जस्ता बिपद्जन्य घटनाहरु बढी मात्रामा हुने गरेको प्रदेश सरकारको बुझाइ रहेको छ । मन्त्रालयले कोभिड–१९ महामारी समेत रहेको यस्तो अवस्थामा मनसुनजन्य घटनाबाट हुन सक्ने सम्भावित क्षतिलाइ मध्यनजर गरी प्रदेशस्थित सबै सरकारी तथा गैर सरकारी निकाय,निजी क्षेत्र लगायत सम्वन्धित सबै पक्षसंग समन्वय गरी पूर्व तयारी तथा प्रतिकार्यका लागि मन्त्रालय जुटिरहेको र जल तथा मौसम विज्ञान विभागले यसबर्ष औसत भन्दा बढी पानी समेत पर्ने पूर्व अनुमान गरिसकेको तथा त्यसका संकेतहरु समेत देखा पर्न थालि सकेको भन्दै जोखिम क्षेत्रमा रहेका मानिसहरुमा सर्तकर्ता अपनाउन आग्रह गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts