वैज्ञानिक समाजवादका विशेषताहरु :

अरुलाई पनि शेयर गरौ !

-खेलप्रसाद बुढाक्षेत्री (पराग)
१. निशुल्क स्वस्थ्य सेवा :

मानिस जन्मेपछि मरिन्छ, यो प्रकृतिको निरपेक्ष र सार्वभौम नियम हो । तर मानिसहरुको आयु केही लामो र छोटो छ । यो सापेक्षित कुरा हो । मान्छेको स्वस्थ राम्रो भयो भने आयु लामो हुन्छ । स्वस्थ नराम्रो भयो भने आयु छोटो हुन्छ । मान्छे स्वस्थ्य रहनको लागि उसको खानपान, उठबस र बाहिरी वातावरणको नै मुख्य भूमिका रहेको हुन्छ । स्वस्थ जीवन जिउन एक्लैको प्रयासले मात्र हुन्न । यसको लागि सबै जनता र राज्य लाग्नु पर्छ। जति सक्दो बढी बांच्न कोशिस गर्नु पर्छ । मरिसकेपछि रहने भनेको कृति मात्र हो अरु केहि बांकी रहन्न । स्वस्थ्य नीति कस्तो हुनुपर्छ भनेर स्वस्थ बहस चलाउनु र निष्कर्समा पुग्नु आवश्यक छ । खास गरेर स्वस्थ्य सम्बन्धिका २ मोडेल विश्वमा स्थापित छन् :-
१) समाजवादी मोडेल,
२) पुंजिवादी मोडेल ।

१) समाजवादी मोडेल- समाजवादी मोडेलमा राज्यले अभिभावकत्व गर्छ । राज्यले उपचारको जिम्मा लिन्छ । उपचार नै नपाएर मान्छे मर्न पाउदैन । चाहे त्यो जतिसुकै गरीब होस् । Hospital बनाउने देखि लिएर उपचार गर्ने Doctors, औसधि सबै राज्यको कर्तव्य हो ।राज्यलाई जनताले आफ्नो आय अनुसारको कर तिर्नुपर्छ ।
२) पुँजीवादी मोडेल- पुँजीवादले स्वस्थ्य क्षेत्रलाई उद्योगको रुपमा लिन्छ र निजीकरण गरी नाफा आर्जन गर्ने गर्छ । पुँजीवादको आशा यो हुन्छ कि बिरामीहरु धेरै हुन् र नाफा धेरै कमाउन पाइयोस् । सक्नेले उपचार गर्छ । नसक्ने मर्छ । यो पुँजीवादको लागि समान्य कुरा हो । त्यसैले अस्पताल खोल्ने होडबाजी चल्छ । पुँजीवादको एक मात्र दृष्टि नाफामा केन्द्रित हुन्छ । उसले बिरामीको आर्थिक अवस्था कस्तो छ ? त्यो सँग सरोकार राख्दैन ।
हाम्रो देशमा चाहीँ मिश्रित मोडेल जस्तो देखिन्छ । तर त्यो पनि सारमा पुँजीवादी मोडेलमा नै छ । केहि अस्पतालहरु सरकरी छन् । तर त्यहाँ पनि पैसा लिएर गइनन भने उपचार नगरी ढोकाबाट नै फर्किए हुन्छ । निजी अस्पतालहरु जतिसक्दो बढी नाफाको लागि Calculator थिचेर बसेका छन् । कसैले सुनेर, पढेर, देखेर र कसैले स्वयं भोगेर अनुभव गरेको होला । मैले पनि थप भोगेर अनुभव गरेको छु । आफ्नै परिवार भित्रका २ जना बयस्क सदस्यहरुलाई क्यान्सरको उपचार गराउदा धरान, काठमाडौं, बिर्तामोड, सिलिगुडी आदि ठाउँहरुमा हासिल गरेका नकारात्मक सकारात्मक अनुभवहरु थुप्रै छन् । बिरामीहरुप्रति राज्य बिमुख छ । उपचारको क्रममा धेरै पैसा सकिन्छ । सरकारमा हुँदा पनि आफ्नो पार्टी मात्र भएर हुँदैन । त्यहाँ त आफ्नो गुटको हो कि हैन भनेर हेरिन्छ । फाइल अगाडि बढदैन । आखिर सरकार मन्त्री भनेर केहि हुन्न । अन्ततः मान्छे पनि सकिन्छ । पैसा पनि सकिन्छ । यस्ता भोगाइका पीडा त नेपालीका कति छन् कति १
आजभोलि देखिराखिएको छ कोरोना महामरीमा के हुँदैछ भनेर । जसो तसो सक्नेहरुले हेलिकप्टर चार्टर गरेर उपचार गरिरहेका छन । नसक्नेहरु टुलुटुलु हेरेर बसेका छन् । हेलिकप्टर र उपचारको खर्चले अलिअलि हुनेहरू पनि थलिएका छन् । कसैको त ज्यानै पनि रहेन । मध्यम वर्गलाई नि शान्ति छैन । तल्लो वर्गको त कुरै नगरौं, हालत के छ भनेर । दिनरात भय र त्रास छ । राज्य ब्यबस्थाका खराबीका कारण पनि बिरामीको संख्या र बिरामको मात्रा बढेको छ । कमिसन मौलाएको छ । भ्रस्टाचार बढेको छ । यो भयावह र कहालीलाग्दो अवस्थाबाट मुक्ति पाउने निस्कर्समा पुगेर कार्यान्वयन गर्नुपर्छ ।
त्यसो भए के हो त यसको उपायरुउपाय सजिलो छ । त्यो हो स्वस्थ्य क्षेत्र पूर्ण रुपमा राज्यको स्वामित्वमा राखी उपचारको दायित्व लिनुपर्छ । सरकारी अस्पताललाई थप ब्यबस्थित बनाउने-१, निजी अस्पताल तथा स्वस्थ्य संस्थाहरुलाई अधिकरण गर्ने -२, सम्पूर्ण स्वस्थ्य सेवा क्षेत्रलाई राज्यको मातहतमा लिएर ब्यबस्थित गर्नुपर्छ-३, थप कम्युनिस्ट पार्टीका नेताहरूको लगानीमा स्वस्थ्य उधोग खुलेको रहेछन् भने तेस्ता नेताहरूलाई जिम्मेवारीबाट निष्कासन गर्ने । स्वस्थ्य उद्याग सञ्चालन गरेर कसैले समाजवाको डम्फु बजाउँछ भने त्यो झुट कुरा हो । त्यसैले जनताको स्वस्थ्यलाई केन्द्र बिन्दुमा राखेर स्वस्थ सुधार तथा स्वस्थ्य क्रान्तिकै अभियान नचलाई हुन्न, अब । जय जनता, जय स्वस्थ्य !
लेखक नेकपा (माओवादी केन्द्र) का ताप्लेजुङ जिल्ला इन्चार्ज हुनुहुन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts