|

सिदिङ्वाका ३२ वटा सामुदायिक आधारभूत बिद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट जडान गरिने

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,असार २ । ताप्लेजुङको सिदिङ्वा गाउँपालिकाका भरीका ३२ वटै सामुदायिक आधारभूत बिद्यालयमा ब्रोडब्यान्ड इन्टरनेट जडान गरिने भएको छ । नेपाल दुर सञ्चार प्राधिकरण र सिदिङ्वा गाउँपालिका बीच कम्तिमा २० एमबीपिएस क्षमताको नन् डेडिकेटेड ब्रोडब्यान्ड इन्टरनेट पु¥याउने गरी दोहोरो समझदारी भएको हो । सहमति अनुसार नेपाल दुर सञ्चार प्राधिकरणले निर्धारित औसत रकम भन्दा बढी नहुने गरी पालिकाले मितब्ययी,पारदर्शी तथा प्रतिश्पर्धात्मक तरिकाले छनौट गरी तोकिएका सामुदायिक आधारभूत बिद्यालयहरुमा सेजा वडान गरिसकेपछि सेवा प्रदायकलाइ पालिकामार्फत जडान खर्च र दुईबर्षको महशुल बुझाउनुपर्ने हुन्छ । यसरी रकम उपलब्ध गराउँदा पालिकाको नाममा खोलिएको बैंक खातामा मात्र ट्रान्सफर गर्नुपर्ने छ भने सेवा जडान तथा सञ्चालन गरेको प्रमाणित गरी पालिकाले सिफारिस गरेपश्चात जडान खर्च र एकबर्षको महशुल पालिकामार्फत सेवा प्रदायकलाइ भुक्तानी गरिने छ । सेवा जडान गरी एकबर्ष पश्चात सम्वन्धित पालिकाले सेवा निरन्तर रुपमा सम्झौता बमोजिम प्रदान भइरहेको प्रमाणित गरी सिफारिस गरेको आधारमा बाँकी एक बर्षको महशुल पालिकामार्फत सेवा प्रदायकलाइ भुक्तानी गरिने भएको छ । पालिकाको सिफारिसमा वा प्राधिकरणले अनुगमन तथा निरीक्षण गर्दा प्राधिकरणले तोकेको गुणस्तरको मापदण्ड अनुरुप नभएमा सेवा प्रदायकलाइ समय तोकेर गुणस्तर कायम गर्न निर्देशन दिइने छ भने सम्झौता बमोजिम गुणस्तर कायम हुन सकेन भने सेवा प्रदायकलाइ दुर सञ्चार ऐन तथा नियमावली अनुसार कारवाही अगाडि बढाइने सहमति पत्रमा हस्ताक्षर भएको छ ।

प्राधिकरणकोतर्फबाट निर्देशक सुरेन्द्रलाल हाडा तथा उप निर्देशक बिनोदचन्द्र श्रेष्ठ तथा गाउँपालिकाकोतर्फबाट उपाध्यक्ष जीवन ताम्लिङ तथा प्रमुख प्रशासकीय अधिकृत सुमन लिङ्देनले हस्ताक्षर गर्नु भएको छ । २ बर्षका लागि महशुल बापतको रकमको गणना प्राधिकरणबाट स्वीकृत दररेट भित्र पछिल्लो पटक सेवा प्रदायकहरुबाट प्रकाशित गरिएको महशुल दरको आधारमा लिइ २ बर्षको लागि महशुल र जडान खर्च बापत प्रति साइट औसत २६ हजार २ सय ८१ रुपैंया कायम गरिएको सहमति पत्रमा उल्लेख गरिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts