|

ताप्लेजुङका युवा निर्माण व्यवसायी राईद्वारा गृह वडाका दुई सय परिवारलाई १५ किलोका दरले चामल बितरण

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ २२ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ९ हाङ्देवाका एक निर्माण व्यवसायीले आफ्नो गृह वडाका बिपन्न परिवारलाइ प्रति परिवार १५ किलोग्रामका दरले चामल बितरण गर्नु भएको छ । नेचाली राइ कान्छा कन्ट्रक्सनका प्रोपाइटर विश्वराज राइले बन्दाबन्दीका कारण रोजगारी गुमाएका र आर्थिक रुपमा बिपन्न करिव २ सय परिवारलाइ जनही १५ किलोग्राम चामल बितरण गर्ने निधो लिनु भएको हो । शनिवार पहिलो दिन १ सय परिवारलाइ बितरण गरिएको र आइतवार थप १ सयजनालाइ बितरण गर्ने योजना रहेको राइलाइ उधृत गर्दै जनता मावि हाङ्देवाका शिक्षक रमेश अधिकारीले जानकारी दिनुभयो । बन्दाबन्दीको समयमा घरघरमै पुगेर राहत सामग्री बितरण गरिएको समेत अधिकारीले बताउनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts