|

शिक्षकको छुट प्राविधिक ग्रेडको माग फारम पेश गर्न पाथीभरा याङ्वरकको परिपत्र

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ २२ । ताप्लेजुङको पाथीभरा याङ्वरक गाउँपालिकाले शिक्षकको छुट प्राविधिक ग्रेडको माग फारम पेश गर्न पालिका भित्रका सबै सामुदायिक बिद्यालयहरुलाइ परिपत्र गरेको छ । पालिकाले हाल कार्यरत रहेको तहमा १ साउन २०५७ भन्दा अगाडि नै स्थायी नियुक्ति भएको पत्रको प्रतिलिपि र सम्वन्धित तहको लागि आवश्यक पर्ने तालिम प्राप्त भएको प्रमाणपत्रको प्रतिलिपि पेश गर्न भनेको छ । २०७३ साल साउन महिना यतासेवा निवृत्त शिक्षको हकमा १ साउन २०५७ भन्दा अगाडि नै स्थायी नियुक्ति नियुक्ति भएको प्रमाणपत्रको प्रतिलिपि र सम्वन्धित तहका लागि आवश्यक पर्ने तालिम प्राप्त भएको प्रमाणपत्रको प्रतिलिपि पेश गर्न समेत पालिकाले भनेको छ । अवकासप्राप्त शिक्षकले अवकास पत्रको प्रमाणित प्रतिलिपि र निवृत्तिभरण अधिकार पत्रको प्रमाणित प्रतिलिपि पेश गर्नुपर्ने पालिकाका प्रमुख प्रशासकीय अधिकृत प्रमोदकुमार चौधरीले जानकारी दिनुभयो । यस्तै बिद्यालयले सम्वन्धित शिक्षकबाट प्राप्त कागजात रुजु र प्रमाणित गरी कार्यरत शिक्षकको हकमा आर्थिक बर्ष २०७३।०७४ देखि २०७६।७७ सम्मको प्रति महिना २ ग्रेड(एकदिन तलव बराबर एक ग्रेड हुने)वापतको रकम प्रस्ताव गरी निकासका लागि माग फारम र आव २०७७।७८ को हकमा चौथो त्रैमासिक माग फारमको साथमा निकासा माग गर्नुपर्ने भएको छ । सेवा निवृत्त शिक्षकको हकमा २०७३ साल साउन महिना देखि सेवा निवृत्त हुनुभन्दा अघि सम्मको प्रति महिना २ ग्रेड(एकदिन तलव बराबर एक ग्रेड हुने) वापतको रकम प्रस्ताव गरी निकासका लागि माग फारम पेश गर्नुपर्ने समेत गाउँपालिकाले बिद्यालयहरुलाइ परिपत्र गरेको छ । १ साउन २०७१ भन्दा अघि देखि नै प्राविधिक ग्रेड कटौती भएको दावी गर्ने शिक्षकहरुले उल्लेखित कागजातका अतिरिक्त आव २०७०।०७१ को तेस्रो चौमासिक माग फारमको प्रतिलिपि तथा तलवी भरपाइ तथा २०७१ साल साउन देखि २०७३ साल असार सम्मको माग फारम र तलवी भरपाइको प्रतिलिपि सहितको बिबरण पेश गर्नुपर्ने हुन्छ । पालिकाले बिद्यालयबाट प्राप्त कागजातहरु रुजु गरी आवश्यक पर्ने थप रकम चालू आर्थिक बर्ष भित्रै निकासाका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्र पठाउनुपर्ने भएकोले आवश्यक कागजातहरु ३१ जेठ भित्रै पालिकामा पठाइ सक्न समेत सबै बिद्यालयहरुलाइ परिपत्र गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts