| |

५० मुरी भन्दा बढी धान फलाउने मैवाखोलाका ७ किसानले पाए प्रोत्साहन रकम

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ, जेठ २१ । ताप्लेजुङको मैवाखोला गाउँपालिकाले चालू आर्थिक बर्ष २०७७।०७८ मा ५० मुरी भन्दा बढी धान उत्पादन गर्ने ७ किसानलाइ प्रोत्साहन स्वरुप ४२ हजार ५ सय रुपैंयाका दरले रकम उपलब्ध गराउने भएको छ । गाउँपालिकालाइ खाद्यान्नमा आत्मनिर्भर बनाउने प्रयास स्वरुप सुरु भएको यो अभियान अन्र्तगत मैवाखोला गाउँपालिका १ र ३ का ७ जना किसानलाइ उक्त रकम उपलब्ध गराउने निर्णय भएको गाउँपालिकाका प्रवक्ता थर्ककुमार चोङवाङ(दिवस)ले जानकारी दिनुभयो । उहाँका अनुसार यस्तो रकम पाउनेहरुमा मैवाखोला १ का देवीमाया श्रेष्ठ,ज्ञानबहादुर लिम्बू,मिङ्मादावा शेर्पा,मिङ्माटेम्बा शेर्पा तथा मैवाखोला ३ का रवीन्द्र वनेम,ङिमाओङ्दी शेर्पा र होमनाथ गौतम रहनु भएको छ । गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत देवी तुम्बापोका अनुसार देवीमाया र मिङ्मादावाले ७०–७० मुरी,ज्ञानबहादुरले ६३ मुरी,मिङ्माटेम्बाले ६५ मुरी,रवीन्द्रले ९५ मुरी,ङिमाओङ्दीले ५८ मुरी र होमनाथले ६० मुरी धान उत्पादन गरेको तथ्याङ पालिकाको कृषि विकास शाखाले संकलन गरेको थियो । पहाडी क्षेत्रमा २० पाथीलाइ १ मुरी भन्ने गरिन्छ । सामान्यतयाः १ पाथीमा ४ किलोग्राम सम्म वजन हुने भएपनि धानको भने त्यति वजन नपुग्ने मानिन्छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts