|

प्राकृतिक स्रोतलाइ नै आन्तरिक आम्दानीको मुख्य स्रोत बनाउँदै स्थानीय तह,जानकार भन्छन् ः प्राकृतिक स्रोत बेचेर धनी हुने सपना नै गलत

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ, जेठ २० । आन्तरिक आम्दानीमा ताप्लेजुङकै सबैभन्दा बलियो स्थानीय तह फुङ्लिङ नगरपालिकाको आम्दानीको ठूलो हिस्सा भनेकै ढुङ्गा,गिटी र बालुवाको ठेक्का हो । मालपोत सहितका अन्य कर,एकिकृत सम्पत्ति कर,सिफारिस दस्तुर सहितका अन्य आम्दानी गर्ने नगरपालिकाले कूल आम्दानीको करिव एक तिहाइ रकम प्राकृतिक स्रोतबाटै आर्जन गर्छ । ‘ढुङ्गा,गिटी र बालुवा बाहेक आम्दानीको अर्को ठूलो स्रोत भनेको गोलिया हो’नगर राजश्व परार्मश समितिका संयोजक समेत रहनु भएका उपप्रमुख बमबहादुर भट्टराईले भन्नुभयो । पाथीभरा याङ्वरक गाउँपालिका अध्यक्ष केशरकुमार सुब्बा ताप्लेजुङका सबै स्थानीय तहको प्रमुख आम्दानीको स्रोत भनेको ढुङ्गा,गिटी र बालुवा नै रहेको बताउनुहुन्छ ।‘हुँदा मालपोत करले हुने हो,सदरमुकाम र मालपोत कार्यालय रहेको स्थानीय तह बाहेक अन्य त्यो आम्दानी हुने कुरै रहेन’उहाँले भन्नुभयो । सिरिजङ्घा गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे भने आफ्नो पालिकाको सबैभन्दा बढी आन्तरिक आम्दानी भने एकिकृत सम्पत्ति कर र भूमीकरबाट प्राप्त भइरहेको बताउनुहुन्छ ।‘यदि त्यतातिर ध्यान जाने हो भने त सबैभन्दा बढी आम्दानी ढुङ्गा,गिटी र बालुवा सहितको प्राकृतिक स्रोतबाटै हुन्छ,तर अहिले सम्म भने त्यो हाम्रा लागि आन्तरिक आम्दानीको ठूलो स्रोत बन्न सकिरहेको छैन’घिमिरेले भन्नुभयो । मेरिङ्देन गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरहादुर आङ्देम्बेले पालिकाको सबैभन्दा ठूलो आन्तरिक आम्दानीको स्रोत भनेको ढुङ्गा,गिटी र बालुवाको कमाइ नै रहको बताए । यि भनाइबाट स्पष्ट के हुन्छ भने अहिले स्थानीय सरकारको सबैभन्दा ठूलो स्रोत नै ढुङ्गा,गिटी र बालुवा,काठ,दाउरा सहितका प्राकृतिक स्रोत हो । जुन स्रोत हामी ठेक्का लगाएर बेची रहेका छौं । जल तथा मौसम विज्ञान विभाग,हावापानी फिल्ड कार्यालय ताप्लेजुङका तत्कालिन प्रमुख बिष्णुप्रसाद न्यौपाने ढुङ्गा,माटो,गिटी र बालुवा बेचेर धनी भइन्छ भनेर सोच्नु एउटी नवयोवनाले आफ्नो अस्मिता बेचेर धनी बन्छु जस्तै प्रकृतिको सोच भएको बताउनुहुन्छ । सामाजिक सञ्जालमा प्रतिक्रिया दिदैं उहाँले हाम्रै छिमेकी क्षेत्र सिक्कीम,दार्जेलिङ लगायतका स्थानमा बनेका तेञ्जिङ रक,बोटानिकल गार्डेन,टि गार्डेन लगायतका क्षेत्रहरुको भ्रमणबाट प्राकृतिक सम्पतिको उपयोगले प्राकृतिक सम्पदा पनि जोगिने र पर्यटकिय स्थलहरुको भ्रमण अवलोकन गराएर आम्दानी पनि गर्न सकिने बताउनुभयो ।‘स्थानीय तहले आन्तरिक आम्दानी बढाउने प्रयोजनका लागि प्राकृतिक सम्पतिको बिक्री बन्द गरी यसको संरक्षण गर्ने र त्यहिँ संरक्षणलाइ पर्यटकिय आकार दिने हो भने प्राकृतिक स्रोतको संरक्षणकााका लागि महत्वपूर्ण योगदान पुग्ने छ’न्यौपानेले सल्लाह दिनु भएको छ । जल, जमिन, जंगल, कृषि पैदावार, खनिज पदार्थ, ऊर्जाजस्ता प्राकृतिक स्रोतहरू अत्यधिक दोहन र प्रयोगले घट्दै गएका छन् । २०७५ सालमा ताप्लेजुङका तत्कालिन प्रमुख जिल्ला अधिकारी अनुुज भण्डारीको कार्यकालमा यहाँ प्राकृतिक स्रोत कसको भन्ने बिषयले निकै ब्यापकता पायो । भर्खर स्थानीय तहमा जनप्रतिनिधि निर्वाचित भएर आएको हुनाले पनि हुन सक्छ,प्रजिअ भण्डारी र स्थानीय तहका जनप्रतिनिधिका बीच यसका बिषयमा सवाल जवाफ पनि मजैले चल्यो । प्रजिअ भण्डारीले जग्गा व्यक्तिको भएपनि ढुङ्गा,गिटी,बालुवा सहितको प्राकृतिक स्रोत भने सरकारको हुने सुझाउनुभयो । धेरैले अचम्म माने पनि कुरा त्यहिँ थियो । प्राकृतिक रूपमा मानिसको कुनै पनि क्रियाकलापविना अस्तित्वमा रहेको स्रोत प्राकृतिक स्रोत हो । हावा, पानी, जमिन, खनिज पदार्थ, वन, प्राणी, सूर्यको प्रकाश आदि प्राकृतिक स्रोत हुन् । कुनै पनि देशको समृद्धिमा प्राकृतिक स्रोतको ठूलो महत्व हुन्छ । सरकारले १५ जेठमा अध्यादेशमार्फत सार्वजनिक गरेको आगामी आर्थिक बर्ष २०७८।०७९ का लागि प्रस्तुत गरेको बार्षिक बजेटको बुँदा नम्बर ११९ मा वातावरणीय प्रभाव मूल्याङ्कनका आधारमा खानीजन्य ढुङ्गा,गिटी,बालुवा निकासी गरी ब्यपार घाटा न्यूनीकरण गर्ने उल्लेख गरेको छ । यो प्रकृयाले प्राकृतिक स्रोतको बिनास भइ बिपद् सृजना हुने भन्दै यसको सरकारको यो निर्णयको तीव्र बिरोध भइरहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts