|

यादव समूहद्वारा जसपा अध्यक्ष ठाकुरसहित ४ जना नेता पार्टीबाट निष्कासित

अरुलाई पनि शेयर गरौ !

काठमाडौं, जेठ १८ । जनता समाजवादी पार्टी (जसपा) को उपेन्द्र यादव पक्षले ४ जना नेतालाई पार्टीबाट निष्कासित गरेको छ । पार्टी निर्णय विपरीत काम गरेको भन्दै यादव पक्षले अध्यक्ष महन्थ ठाकुर, वरिष्ठ नेता राजेन्द्र महतो, लक्ष्मणलाल कर्ण र सर्वेन्द्रनाथ शुक्ललाई पार्टीबाट निष्कासित गरेको हो ।
मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितीको बैठकले चार नेतालाई कारबाही गरेको र उक्त जानकारी निर्वाचन आयोगलाई गराइसकिएको एक नेताले बताए । जसपाका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष यापद पक्षले यसअघि नै अर्का अध्यक्ष ठाकुरसहित ४ नेतालाई दुई पटक स्पष्टीकरण सोधिसकेको थियो ।
भट्टराई–यादव पक्षले वर्तमान सरकारमा सहभागी हुने जुनसुकै नेतालाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका थिए । ठाकुर पक्ष भने ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित सरकारमा जाने अन्तिम तयारीमा छ । यसैबीच ठाकुर पक्षले सरकारमा जाने विषयमा छलफल गर्न आफ्नो पक्षको बैठक बोलाएको छ । बबरमहलस्थित पार्टी कार्यालयमा अध्यक्ष ठाकुर आफू निकट नेतासँग छलफल गरिरहेका छन् ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts