एचपिएफका कर्मचारीले तलव कटाएर दिए ताप्लेजुङ अस्पताललाइ १ लाख सहयोग

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,१६ जेठ । कोरोना संक्रमण रोकथाम तथा नियन्त्रणका लागि अन्र्तराष्ट्रिय गैरसरकारी संस्था ह्युमन प्राक्टिस फउण्डेसन(एचपिएफ)ले जिल्ला अस्पताल ताप्लेजुङलाई १ लाख रुपैँया प्रदान गरेको छ । संक्रमण रोकथाम तथा नियन्त्रणमा आवश्यक स्वास्थ्यका सामाग्री खरिदका लागि सहयोग पुगोस भन्ने उद्धेश्यले संस्थामा आवद्ध रहेका कर्मचारीभित्रबाट रकम संकलन गरी हस्तान्तरण गरिएको एचपिएफ जिल्ला परियोजना ताप्लेजुङका लेखा अधिकृत दिवस भण्डारीले जानकारी दिनुभयो । ताप्लेजुङमा कार्यरत कर्मचारीले जिल्ला अस्पतालमै पुगेर अस्पतालका निमित्त मेडिकल सुपरीटेन्डेन्ट डाक्टर सोनिङ लामालाई उक्त रकम बराबरको चेक हस्तान्तरण गरेका थिए । शिक्षा तथा स्वास्थ्यको क्षेत्रमा भौतिक पूर्वाधार,जनचेचना अभिबृद्धि,व्यवसायिक दक्षता विकास,शैक्षिक गुणस्तर सुधार सहितका कार्यमा लगानी गर्दै आएको उक्त संस्थाले लामो समय देखि ताप्लेजुङलाई समेत आफ्नो कार्य क्षेत्र बनाएर काम गरिरहेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts