अब सुकेटार बिमानस्थलको नाम रवीन्द्र अधिकारी बिमानस्थल

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १५ । सरकारले सुकेटार बिमानस्थलको नाम परिर्वतन गरी रवीन्द्र अधिकारी बिमानस्थल नामकरण गर्ने निर्णय गरेको छ । शनिवार आर्थिक बर्ष २०७८।०७९ का लागि बजेट भाषण गर्दै अर्थमन्त्री बिष्णुप्रसाद पौडेलले सुकेटार बिमानस्थल सहित बिभिन्न बिमानस्थलको नामाकरण परिवर्तनको घोषणा गर्नु भएको हो । तत्कालिन पर्यटन मन्त्री रवीन्द्र अधिकारीको २०७६ साल फागुन १५ गते ताप्लेजुङको पाथीभरा क्षेत्रमा भएको हेलिकोप्टर दुर्घटनामा परी निधन भएको थियो । उहाँकै सम्मानमा सरकारले सुकेटार बिमानस्थलको नाम परिवर्तन गरेको हो । अधिकारीको २०२६ साल बैशाख २२ गते जन्म भएको थियो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts