ताप्लेजुङको फुङ्लिङस्थित फावाखोलामा गरिएको एन्टीजेन परीक्षणमा ४ जना संक्रमित फेला

अरुलाई पनि शेयर गरौ !

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १४ । ताप्लेजुङको फुङ्लिङ नगरपालिका वडा नं ११ फावाखोलामा शुक्रवार गरिएको एन्टीजेन परीक्षणका क्रममा ४ जना संक्रमित फेला परेका छन् । १ फलोअप सहित ६९ जनाको परीक्षण गरिएकोमा २ पुरुष र २ महिलाको एन्टीजेन परीक्षण रिर्पोट पोजेटिभ आएको नगरप्रमुख छत्रपति प्याकुरेलले जानकारी दिनुभयो । फलोअप परीक्षण गरिएका १ जनाको रिर्पोट नेगेटिभ आएको छ । समुदाय स्तरमै कोरोना संक्रमणको फैलावट भएको आशंकामा नगरपालिकाले बजारक्षेत्र आइ परीक्षण गर्न कठिनाइ भएका नगरपालिकाका वडा–वडामा पुगेर एन्टीजेन परीक्षण गर्न थालेको हो । पछिल्लो समय कोरोना संक्रमितको उपचार,परीक्षण तथा संक्रमणबाट ज्यान गुमाएका सदस्यको शव व्यवस्थापन सम्मका कार्यमा नगरपालिकाको नगरप्रमुख प्याकुरेल र उपप्रमुख बमबहादुर भट्टराई सहितको टोली सघन तवरबाट काममा खटिदैं आएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts