ताप्लेजुङमा कोरोना संक्रमणमुक्त हुनेको दर १८ प्रतिशत मात्रै,सबैभन्दा बढी संक्रमित फुङ्लिङमा

खगेन्द्र अधिकारी
ताप्लेजुङ,जेठ १४ । ताप्लेजुङमा करिव १८ प्रतिशतमात्र कोरोना संक्रमणमुक्त भएका छन् । पीसीआर र एन्टीजेन गरी ६ सय २६ हुँदा संक्रमित हुँदा १ सय ७ जना संक्रमणमुक्त भएका छन् । जनस्वास्थ्य अधिकृत प्रतिमा खरेलका अनुसार पीसीआर परीक्षणबाट संक्रमित पुष्टी भएका ४ सय ६९ जनामध्ये ९५ जना संक्रमणमुक्त भएका छन् । एन्टीजेन परीक्षणबाट संक्रमण पुष्टी भएका १ सय ५७ जना मध्ये १ सय ४० जना संक्रमणमुक्त भएका छन् । एन्टीजेन र पीसीआर परीक्षणबाट संक्रमण पुष्टी भएकामध्ये यहिँ परीक्षण गरिएका ९ र अन्यत्र परीक्षण गरिएका १ गरी १० जनाको मृत्यु भइ सकेको छ । स्वास्थ्य कार्यालयका अनुसार संक्रमण पुष्टी भएका मध्ये सबैभन्दा बढी सक्रिय संक्रमित फुङ्लिङ नगरपालिकामा रहेका छन् । फुङ्लिङ नगरपालिकामा २ सय ९६ जना पीसीआर र ३ जना एन्टीजेन परीक्षणबाट संक्रमण पुष्टी भएका गरी २ सय ९९ जना संक्रिय संक्रमित रहेका छन् । यस्तै मेरिङ्देन गाउँपालिकामा पीसीआर परीक्षणबाट पुष्टी भएका २७ जना,आठराइ त्रिबेणी गाउँपालिकामा पीसीआरबाट पुष्टी भएका ५ र एन्टीजेनबाट पुष्टी भएका ३६ जना गरी ४१ जना,मैवाखोला गाउँपालिकामा पीसीआर परीक्षणबाट पुष्टी भएका २ जना र एन्टीजेनबाट संक्रमण पुष्टी भएका १० गरी १२ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै मिक्वाखोला गाउँपालिकामा पीसीआर परीक्षणबाट संक्रमित पुष्टी भएका १६ जना,पाथीभरा याङ्वरकमा पीसीआरका ११ र एन्टीजेनका १० गरी २१ जना,सिरिजङ्घा गाउँपालिकामा एन्टीजेनका १४ र पीसीआरका १५ गरी २९ जना,फक्ताङ्लुङमा एन्टीजेनबाट संक्रमण पुष्टी भएका ६ जना र सिदिङ्वा गाउँपालिकामा पीसीआर परीक्षणबाट संक्रमण पुष्टी भएका ६ जना सक्रिय संक्रमित रहेका छन् । यस्तै ताप्लेजुङ जिल्ला अस्पतालमा एन्टीजेन परीक्षणबाट संक्रमित पुष्टी भएका ६१ जना सक्रिय संक्रमित रहेका छन् ।

Similar Posts