पिडियाट्रिक आइसियु व्यवस्थापनका लागि ताप्लेजुङ अस्पतालले पाउने भयो ३ करोड

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १३ । सरकारले ताप्लेजुङ जिल्ला अस्पताल सहित देशभरका ४१ अस्पताललाइ पिडियाट्रिक आइसियु रआइसियु भेन्टिलेटरको व्यवस्थाका लागि १ अर्ब ४१ करोड रुपैंयाको बजेट सुनिश्चित गरेको छ । अर्थले बिहीबार ताप्लेजुङ जिल्ला अस्पताल सहित संखुवासभा अस्पताल,तेह्रथुम अस्पताल,भोजपुर अस्पताल,सोलुखुम्बु अस्पताल,ओखलढुङ्गा अस्पताल,रंगेली अस्पताल र सर्लाही अस्पताललाइ ३–३ करोड रुपैंयाको बजेट सुनिश्चित गरेको हो । यस्तै बारा,रामेछाप,दोलखा,रत्ननगर,भक्तपुर,रसुवा,पर्वत,स्याङ्जा र म्याङ्दी अस्पताललाइ समेत ३–३ करोड रुपैंयाको बजेट सुनिश्चित गरेको अर्थ मन्त्रालयका प्रेश संयोजक भुवन केसीले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts