|

मन्त्री आङ्बुहाङको समन्वयमा ताप्लेजुङका लागि ८४०० थान एन्टीजेन किट पठाइयो ः आङ्वुहाङको सचिवालय

अरुलाई पनि शेयर गरौ !

ताप्लेजुङ,जेठ १३ । प्रदेश १ सरकारका योजना तथा आर्थिक मामिला मन्त्री टंक आङ्बुहाङको समन्वयमा ताप्लेजुङका लागि ८ हजार ४ सय थान एन्टीजेन किट सहितका स्वास्थ्य सामग्री पठाइएको छ । मन्त्री आङ्वुहाङका स्वकीय सचिव नारद गुरागाँइका अनुसार एन्टीजेन किट यसअघि नै पठाए सकिएको छ भने १० थान अक्सिजन सिलिण्डर,मास्क र स्यानीटाइजर सहितका सामग्री बिराटनगरबाट ताप्लेजुङतर्फ पठाइएको छ । यस्तै १० थान एचडियु बेड सहितका सामग्रीको व्यवस्थापन गर्ने पहल भइरहेको मन्त्री आङ्बुहाङका प्रमुख स्वकीय सचिव कुमार भुजेलले जानकारी दिनुभयो ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts