|

बुधबार संक्रमित हुनेभन्दा संक्रमणमुक्त हुने बढी

अरुलाई पनि शेयर गरौ !

काठमाडौं, जेठ १२ । नेपालमा बुधबार कोरोना संक्रमित हुने भन्दा निको हुने धेरै देखिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा थप ६ हजार ७१४ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
देशभर गरिएको पीसीआर र एन्टिजेन परीक्षण गर्दा थप ६ हजार ७१४ जनामा संक्रमण पुष्टि भएको मन्त्रालयले जानकारी दिएको छ । मन्त्रालयका सहायक प्रवक्ता डा. समिरकुमार अधिकारीका अनुसार गत २४ घण्टामा देशभरका विभिन्न प्रयोगशालामा गरी १९ हजार ३० जनाको आरटी–पीसीआर विधिबाट नमूना परीक्षण गरिएको थियो ।
यसैगरी बुधबार ६ हजार ७१६ जना कोरोनामुक्त भएर डिस्चार्ज भएका छन् । त्यस्तै यस अवधिमा १४५ जनाको मृत्यु भएको छ । यो सँगै कुल मृत्यु हुनेको संख्या ६ हजार ८४५ पुगेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts