स्वाबलम्बन लघुबित्तले कर्जाधनीलाइ दियो व्यवसाय उत्थान सहयोग र आपतकालिन राहत

ताप्लेजुङ,जेठ १० । स्वाबलम्बन लघुबित्त बित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाले कोरोनाबाट प्रभावित आफ्ना दुई कर्जाधनीलाइ व्यवसाय उत्थान कार्यक्रम अन्र्तगत जनही २४ हजार रुपैंयाका दरले सहयोग रकम बितरण गरेको छ । कोरोनाका कारण दैनिक उपभोग्य बस्तुको अभाव झेलीरहेका ४० जना कर्जाधनीलाइ भने दाल,चामल,नुन र तेल लगायतका सामग्री बितरण गरेको सो संस्थाले जनाएको छ । स्वाबलम्बन लघुबित्त बित्तीय संस्था लिमिटेड ताप्लेजुङ शाखाका प्रवन्धक मणिराज चेम्जोङका अनुसार ४० कर्जाधनीलाइ जनही १ हजार मूल्य बराबरको प्रति कर्जाधनी १० किलोग्राम चामल,१–१ किलोग्राम दाल र नुन तथा १ लिटर तेल प्रदान गरिएको छ । उहाँका अनुसार व्यवसाय उत्थान कार्यक्रम अन्र्तगत कर्जाधनी सविता राइ र रेखा ढुङ्गेललाइ जनही २४ हजार रुपैंयाका दरले सहयाग रकम प्रदान गरिएको छ । कोभिड–१९ बाट प्रभावित आफ्ना कर्जाधनीलाइ राहत तथा व्यवसाय उत्थान सहयोग बितरण गर्ने निर्णय अनुसार ताप्लेजुङका ४० कर्जाधानीलाइ आपतकालिन राहत अन्र्तगत दैनिक उपभोग्य बस्तु र व्यवसाय उत्थानका लागि नगद रकम बितरण गरिएको स्वाबलम्बन लघुबित्त बित्तीय संस्था लिमिटेड प्रमुख कार्यकारी अधिकृत उदयराज खतिवडाले जानकारी दिनुभयो ।
छिमेक लघुबित्तले नगरपालिकाको कोरोना कोषमा जम्मा ग¥यो २० हजार
ताप्लेजुङको फुङ्लिङस्थित छिमेक लघुबित्त बित्तीय संस्था लिमिटेडले फुङ्लिङ नगरपालिकाको कोरोना कोषमा २० हजार रुपैंया सहयोग गरेको छ । बैंकले २० हजार रुपैंया नगरपालिकाको कोरोना नियन्त्रण तथा व्यवस्थापन कोषमा जम्मा गरेको नगरप्रमुख छत्रपति प्याकुरेलले जानकारी दिनुभयो ।

Similar Posts