| |

कोरोना संक्रमणका कारण तेल्लोकमा थप एक जनाको मृत्यु

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ९ ।
ताप्लेजुङको सिरिजङ्घा गाउँपालिकामा कोरोना संक्रमणका कारण एक जनाको मृत्यु भएको छ । सिरिजङ्घा गाउँपालिका–४ तेल्लोककी ८० वर्षीया वृद्धाको आइतबार बिहान मृत्यु भएको हो ।
केही दिनयता वृद्धाको स्वास्थ्यमा समस्या देखा परेको र आइतबार बिहान मात्र प्राथमिक स्वास्थ्य केन्द्र तेल्लोकमा एन्टिजेन परीक्षण गराउँदा उहाँमा कोरोना सङ्क्रमण पुष्टि भएको थियो । कोरोना संक्रमण भएको रिपोर्ट आएको केही घन्टा नबित्दै बिहान करिव ११ बजेतिर वृद्धाको मृत्यु भएको स्थानीयले बताएका छन् ।
यता वृद्धाको दाहसंस्कार आफन्तले नै गर्नेगरी गाउँपालिकासँग समन्वय भएको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डेले बताउनुभयो । प्रजिअ पाण्डेका अनुसार मृतकको दाहसंस्कारका लागि आफन्तलाई पीपीई उपलब्ध गराउने र स्वास्थ्य सुरक्षा मापदण्ड अपनाउने विषयमा गाउँपालिका अध्यक्ष टीकाराम गुरुङ र प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरेसँग सम्पर्क भएको छ । सोहीअनुसार मृतकका आफन्तले दाहसंस्कार गर्ने तयारी गरिरहेका बुझिएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts