| |

ताप्लेजुङमा शनिबार ३६ जना कोरोना सङ्क्रमित थपिए

अरुलाई पनि शेयर गरौ !

उज्यालो पोष्ट
ताप्लेजुङ, जेठ ८ ।
ताप्लेजुङमा शनिबार ३६ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय ताप्लेजुङका अनुसार पीसीआर विधिबाट २० र एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १६ जनामा सङ्क्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालयका कोभिड–१९ फोकल पर्सन हेमराज कठायतका अनुसार शनिबार मिक्वाखोला गाउँपालिकामा १६ जनामा संक्रमण पुष्टि भएको छ । यस्तै सिरिजङ्घा गाउँपालिकामा चार जनामा संक्रमण पुष्टि भएको छ । मिक्वाखोला र सिरिजङ्घा गाउँपालिकामा पीसीआर विधिमार्फत गरिएको परीक्षणमा उनीहरुको रिपोर्ट पोजेटिभ आएको कठायतले जानकारी दिनुभयो ।
कठायतका अनुसार एन्टिजेन परीक्षणमार्फत आठराई त्रिबेणी गाउँपालिकामा आठ जना, पाथीभरा याङ्वरक गाउँपालिकामा पाँच जना र जिल्ला अस्पतालमा शनिबार तीन जनाको एन्टिजेन रिपोर्ट पोजेटिभ आएको छ । शनिबार थपिएकासमेत जिल्लामा कुल संक्रमितको संख्या ५१२ पुगेको र उक्त संख्यामध्ये ८३ जना संक्रमणमुक्त भएका छन् । अब जिल्लामा सक्रिय संक्रमित ४२९ जना रहेका स्वास्थ्य कार्यालयले जनाएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts