|

शनिबार एकै दिन ८,८४८ जना संक्रमणमुक्त

अरुलाई पनि शेयर गरौ !

काठमाडौं, जेठ ८ । पछिल्लो २४ घण्टामा अर्थात शनिबार आठ हजार ८४८ जना कोरोना भाइरस संक्रमणमुक्त भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार एकै दिन संक्रमणमुक्त हुने अहिलेसम्मकै धेरै संख्या हो । यसअघि शुक्रबार सात हजार ८९० जना संक्रमणमुक्त भएका थिए ।
यस्तै छिल्लो २४ घण्टामा आठ हजार ९८० जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । १९ हजार ३५७ पीसीआर परीक्षणमा आठ हजार ५९१ जना र ७४८ एन्टिजेन परीक्षणमा ३८९ जनामा संक्रमण पुष्टि भएको हो । त्यस्तै पछिल्लो २४ घण्टामा कोरोना भाइरस संक्रमणबाट १२९ जनाको मृत्यु भएको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts