संसद विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने कांग्रेसको निर्णय

अरुलाई पनि शेयर गरौ !

काठमाडौ,जेठ ८ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले संसद विघटनविरुद्ध कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको छ । कांग्रेसले संसद विघटनको विरोध गर्न नागरिक समाजलाई आह्वानसमेत गरेको छ । शनिबार बिहान बसेको कांग्रेस पदाधिकारी र पूर्वपदाधिकारीको संयुक्त बैठकले लोकतन्त्र खतरामा परेको निष्कर्ष निकाल्दै त्यसको रक्षाका लागि कानुनी र राजनीतिक लडाइँ लड्ने निर्णय गरेको हो । बैठक पार्टी सभापति शेरबहादुर देउवाको निवास बुढानीलकण्ठमा बसेको थियो । बैठकपछि कांग्रेस सहमहामन्त्री डा. प्रकाशशरण महतले भन्नुभयो, ‘अन्य दलहरुसँग पनि सहकार्य गरी लोकतन्त्र रक्षाका लागि राजनीतिक र कानुनी लडाइँ लड्छौं ।’पार्टी सभापति शेरबहादुर देउवाले बहुमत सांसदहरुको हस्ताक्षरसहित प्रधानमन्त्रीमा दाबी गर्दागर्दै पनि दाबी नपुगेको भनेर संसद विघटन गर्नु अलोकतान्त्रिक र षडयन्त्रपूर्ण भएको कांग्रेसको ठहर छ । त्यसको विरोध गर्न कांग्रेसले नागरिक समाजलाई अपिलसमेत गरेको छ ।

अरुलाई पनि शेयर गरौ !

Similar Posts