संसद बिगठन बिरुद्धको रणनीति तय गर्न विपक्षी गठबन्धनको बैठक बस्दै
काठमाडौ,जेठ ८ । सरकारले संसद विघटन गरेपछिको परिस्थितिबारे छलफल गर्न विपक्षी गठबन्धनका दलहरुको संयुक्त बैठक बस्दै छ । नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चाका शीर्ष नेताहरुको संयुक्त बैठक बस्न लागेको कांग्रेस नेता बालकृष्ण खाँणले जानकारी दिनुभयो । संसद भवनको ल्होत्से हलमा बस्ने बैठकमा अब कसरी अगाडि बढ्ने भन्ने विषयमा छलफल हुने उहाँले बताउनुभयो । शुक्रबार कांग्रेस, माओवादी, एमालेको माधव नेपाल समूह, जसपाको उपेन्द्र यादव समूह र राष्ट्रिय जनमोर्चासहित १४९ सांसदको हस्ताक्षरसहित कांग्रेस सभापति शेरबहादुर देउवालाई वैकल्पिक प्रधानमन्त्रीको रुपमा अघि सारिएको थियो । तर राष्ट्रपति विद्यादेवी भण्डारीले दाबी नपुगेको भन्दै संसद विघटन गरी निर्वाचन मिति घोषणा गर्नु भएको थियो ।